अनित थापाको पहलमा तामाङ गाउँदेखि मानेभञ्ज्याङसम्मको सडक निर्माण

Share this news

दार्जीलिङ,16 जुन(निसं): रंगीत-मजुवा तामाङ गाउँदेखि मानेभञ्ज्याङसम्मको 4 किलोमिटर गाडीको सडक निर्माण कार्यको थालनी गरिएको छ।  गत जनवरी महिनादेखि यस सडक निर्माण कार्यलाई लिएर अघि आएका रंगीत-मजुवा डेभलभमेन्ट एसोसिएशनको पहलमा रंगीत-मजुवा तामाङ गाउँदेखि मानेभञ्ज्याङसम्मको लगभग 4 किलोमिटर गाडीको सडकको निर्माण कार्य आजदेखि युद्ध स्तरमा भइरहेको जानकारी गराउदै उक्त बाटो निर्माण कार्यको निम्ति वर्षौंदेखिको सपना पुरा गर्न सबैलाई सहयोगको अपिल गरिएको छ। उक्त 4 किलोमिटर बाटोको निर्माण कार्य ढेन्डुप भुटिया एण्ड कम्पनीले गर्नेछ भने उक्त सडकको निर्माण पूर्ण रूपले सिमेन्टको कंक्रिट ढलाई रहनेछ। लगभग 35 वर्षअघि त्यसताक दार्जीलिङ गोर्खा पार्वतीय परिषद्का क्षेत्रीय पार्षद छितेन शेर्पाको पहलमा बनिएको बाटो अहिले आएर 35 वर्षपछि पहिलो पटक वर्तमान गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन चिफ एक्जुकेटिभ अनित थापाको पहलमा यस बाटोले काँचुली फेर्ने भएको छ। उक्त सडक निर्माण कार्यको थालनी भएकोमा सम्पूर्ण क्षेत्रवासीमा खुसीको लहर छाएको पनि बताए । यसैले उक्त सडक निर्माण कार्यलाई सुचारू गराउनका निम्ति प्रत्येक दिन यस सडकमा गुड्ने गाडीहरूको समयतालिका बिहान साँडे 8 बजीदेखि दिउँसो 1 बजीसम्म, 2 बजीदेखि 4 बजीसम्म अनि 4:30 बजीदेखि  6:30 बजेसम्म सडल बन्द रहने जनाउदै उत्कृष्ट बाटो निर्माणको निम्ति चालक बर्ग लगायत सम्पूर्ण यात्रीहरूलाई रंगीत-मजुवा डेभलभमेन्ट एसोसिएशनले सहयोगको अपिल गरेको छ। अनि उक्त समयतालिकालाई रङ्गीत मजुवा डेभलपमेन्ट एसोसिएशनका सचिव सत्यम राईले जानकारी गराउदै सम्पूर्ण चालक दाज्युभाइ साथै क्षेत्रवासीहरूलाई भएका असुविधाको निम्ति खेद प्रकट गरेका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ