धेरै वर्षको अन्तरलमा फुलबारीमा भानु जयन्ती पालन

Share this news

दार्जीलिङ,15 जुलाई(निसं): फूलबारी सुधार सम्मेलनद्वारा 211औं भानु जयन्ती कार्यक्रम  धेरै वर्षको अन्तरल पछि भव्यताको साथ पालन गरियो। उक्त कार्यक्रम अध्यक्ष संस्थाका अध्यक्ष समिर कुलुङ्ग राई थिए भने प्रमुख अथिति निर्मल थापा थिए। कार्यक्रममा विशिष्टहरुमा गाँउका बरिष्ठ वयोबृद्धहरुलाई साथै कल्याणकारी समिति लम्बा डाँड़ाबाट सभापति अनि सचिव , नव युवा
कल्याणकारी समिति गुरुङ गाँउ बाट सभापति अनि सचिव , लिम्बु गाँउ सुधार समितिबाट  सभापति अनि सचिव, युवा कल्याणकारी समिति लोवर बस्ती सभापति कृष्ण छेत्री अनि प्रमुख सल्लाहकार निर्मल तामङको पनि उपस्थिति थियो। फूलबारी सब सेन्टर सीएचओ  शिल्पी बराइली अनि ड्राइभर एसोसिएस-बाट  सभापति अनि सचिवको उपस्थिति थियो। कार्यक्रमलाई उद्धघोषणा दिवश राई अनि श्री  मन्दीप सुब्बाले गरिएको कार्यक्रमको पहिलो चरणमा अतिथिगणलाई माल्यार्पण गरियो साथै दिप प्रज्जवलन गरियो। यसरी नै दीपा लेप्चाबाट स्वागत मन्तव्य राखे पछि स्वागत बन्दना नृत्य याङ्क्ची लेप्चा सुब्बाबाट प्रस्तुत गरियो। अन्य नृत्यकाहरु पनि रहेको थियो। कार्यक्रममा कविता वचन पनि गरेका थिए विद्यार्थीहरूले। कार्यक्रममा गाँउका वरिष्ठ वयोबृद्धहरुलाई पनि टोपी अनि शालद्वारा सम्मान जनाइयो साथै विद्यार्थीहरुलाई प्रोत्साहनको निम्ति सम्मेलनको दुई विद्यार्थीहरु जुलिना लेप्चा अनि रिया सुब्बालाई पनि सम्बर्द्धना-पत्रद्वारा सम्मान जनाइयो। सम्मेलन संस्थाका सदस्यगण अनि उपस्थिति दिएर कार्यक्रम सफल बनाई दिएकोमा सम्मेलनले सबैमा हार्दिक धन्यवाद दियो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ