शारदेश्वरी सरकारी कन्या उच्च विद्यालयद्वारा भानु जयन्ती पालन

Share this news

दार्जीलिङ, 20 जुलाई (निस): शारदेश्वरी सरकारी कन्या उच्च विद्यालयको तत्त्वधानमा गोर्खा रङ्गमञ्च भवनमा 211औँ भानु जयन्ती एवं सांस्कृतिक समारोह भव्यरुपमा सम्पन्न गरियो । उक्त कार्यक्रम शारदेश्वरी सरकारी कन्या उच्च विद्यालयका प्रधान अध्यापिका सीमा पाख्रिनको अध्यक्षता,  रिचार्ड लेप्चा एसडीओ दार्जीलिङको प्रमुख आतिथ्य,
साहित्यकार डा. राजकुमार छेत्री प्राध्यापक दार्जीलिङ सरकारी कलेज, प्रवीण जिम्बा पूर्व प्रधानाध्यापक दार्जीलिङ सरकारी उच्च माध्यमिक विद्यालय,  डा. मिलन तामाङ प्रधान अध्यापक रामकृष्ण शिक्षा परिषद उच्च माध्यमिक विद्यालय दार्जीलिङ लगायत अन्य विशिष्ट गणमान्य व्यक्तिहरूको विशिष्ट आथित्यमा उक्त कार्यक्रम सम्पन्न गरियो। शिक्षिका पुष्प लिम्बू अनि अर्मिना गजमेरद्वारा सञ्चालन गरिएको यस कार्यक्रमको प्रथम चरणमा अतिथिहरूको आसन ग्रहण गरिएपछि दीप प्रज्लनसँगै विद्यालय गीत प्रस्तुत गरियो। यसपछि शिक्षिकाहरूद्वारा वेद मन्त्र गरिएपछि विद्यालयका विद्यार्थी तनु कर्माकरद्वारा सरस्वती बन्दना प्रस्तुत गरियो। विद्यालयका शिक्षिकाहरूद्वारा रामायण पाठ अनि स्वागत सम्बोधन गरिएपछि विद्यालयका प्रधान अध्यापिका सीमा पाख्रिनले शारदेश्वरी विद्यालयको स्थापना कसरी भयो अनि स्वामी प्रभुद्धानन्दको  शारदेश्वरी विद्यालयप्रति के योगदान छ अनि विद्यालयको नामाकरण कसरी शारदेश्वरी भयो त्यसबारे विस्तृत रुपमा प्रकाश पारिन्। उक्त समारोहमा विद्यालयका विद्यार्थीहरूद्वारा कविता पठन, भानुभक्तीय रामायण साथै सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा अतिथि कलाकार एनके खड्काद्वारा भायोलिन-मा सांगीतिक धुनहरू प्रस्तुत गरे। विद्यालयका शिक्षिका प्रविका पौडेलले कविता पठन गरेपछि कार्यक्रमको अन्तिम चरणमा विद्यालय परिवारद्वारा फेशन-शो पनि प्रस्तुत गरिएको थियो। समारोहलाई प्रमुख अतिथि रिचार्ज लेप्चा, विशिष्ट अतिथि डा. राजकुमार क्षेत्रीले पनि सम्बोधन गरेका थिए।

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ