भानु वेलफेयर संगठनद्वारा 18 नम्बर वार्डमा फलका बिरुवा रोपियो

Share this news

खरसाङ, 6 जुलाई (निसं)ः विश्‍व वातावरण सप्ताहको अवसरमा भानु वेलफेयर संगठनका महिलाहरूले आइतवार खरसाङ नगरपालिकाको 18 नम्बर वार्डमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेका छन्। संगठनका सदस्यहरूले कमानको बाटो छेउमा विभिन्न फलका बिरुवा रोपेका छन्। संगठनकी सचिव सरोज चौहानले यस कार्यक्रमको बारेमा जानकारी दिँदै भनिन्, गत वर्ष जस्तै यस वर्ष पनि हामीले फलका बिरुवाहरू रोपेका छौँ। भविष्यमा जब बोटले फल दिन थाल्छ, बाटोमा हिँड्ने सबैले फलको स्वाद लिन सक्नेछन्। उनले अझ भनिन्, हामी हरेक वर्ष बिरुवा रोप्छौँ तर रोपिएको बिरुवाको अवस्थाबारे खासै ध्यान दिँदैनौँ। तर हाम्रो संस्थाले विगतमा रोपेका प्रायः सबै बिरुवा अहिले हुर्केका छन्। आज हामीले ती पुराना बिरुवाहरूको गोडमेलसमेत गरेका छौँ। संगठनकी अध्यक्ष शशी थापाले वृक्षरोपण कार्यक्रम संस्थाका दिदी-बहिनीहरूका लागि वातावरण संरक्षणमा एकसाथ जुट्ने अवसर भएको बताइन्। तिनले भनिन्, हाम्रो सदस्य संगीता शर्माले विरुवाको जोहो गरिदिइन्। अन्य सदस्यले मल र बारको व्यवस्था गरे। हामी एक्लै होइन, सँगै मिलेर काम गर्न रुचाउँछौँ। त्यसैले स्थापना भएको 6 वर्षपछि पनि सबै सदस्य संस्थासँग जोडिएका छन्। आज वृक्ष रोपण कार्यक्रममा शशी थापा आले, सरोज चौहान, सविना प्रधान, संगीता शर्मा, सुष्मा सुब्बा, गीता छेत्री र ज्योति राई रहेका थिए। भानु वेलफेयर संगठन महिलाहरूद्वारा स्थापित तथा सञ्चालित गैरराजनीतिक संस्था हो। संगठनले वार्डमा निःशुल्क स्वास्थ्य शिविर, जनचेतना कार्यक्रम, वार्ड सफाइ, रोगी सहायता लगायतका कार्यक्रम गर्दै आएको छ। संस्थाले आफ्नो स्थापना दिवस भानु जयन्ती अर्थात् 13 जुलाईका दिन मनाउने गर्छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ