दार्जीलिङ, 24 जुलाई (निसं): सिक्किमको राजधानी गान्तोकमा दार्जीलिङको लेबोङ निवासी कल्याण राईको निर्मम हत्या भएकोमा क्षोभ व्यक्त गर्दै दोषीमाथि कठोर कानूनी कारवाही गर्नुपर्ने जीटीए-का सभासद विनय तामाङले माग गरेका छन्। उनले कल्याण राई एक सुशिल, शिक्षित, सरल अनि सभ्य युवा रहेको बताउँदै उनी गोर्खाल्याण्ड आन्दोलनको समय दार्जीलिङमा विधार्थी संगठनसित आवद्ध रहेको जानकारी गराएका छन्। हत्याराले आत्म समर्पण गरे तापनि सिक्किम सरकार अनि सिक्किम पुलिस प्रशासनले हत्यारामाथि कड़ाभन्दा कड़ा कानूनी कारवाही गर्नुपर्ने साथै न्यायपालिकाले हत्यारालाई फाँसीको सजाय दिनुपर्ने पनि माग गरेका छन्। उनले सिक्किम राज्यमा भइरहेको बढ़दो हिंसाप्रति चिन्तित छु भन्दै सिक्किम राज्यमा सिक्किमे जनता अनि बाहिरबाट आएका प्रत्येक नागरिकको सुरक्षाको पूर्ण जिम्मेवारी सिक्किम सरकार अनि सिक्किम पुलिस प्रशासनको हो भनेका छन्। एक समय दार्जीलिङ पहाड हिंसाले गर्दा असुरक्षित थियो भने अहिले सिक्किम दिन प्रतिदिन असुरक्षित बन्दै जाँदैछ, जो अति नै चिन्ताको विषय हो, तामाङले यसो भनेका छन्। उनी भन्छन्, एक समय सिक्किम भारतको सबैभन्दा शान्तिप्रिय राज्य थियो, सिक्किमले सो सम्मानित स्थान पुनः प्राप्त गर्नुपर्छ। सिक्किमले आफ्नो गरिमा फर्काई ल्याउनुपर्छ।
Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान
पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग
प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक
केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण
लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक
आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण
गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष
पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण
कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल
मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ