"Byuunjh Hai Byuunjh Gorkhali"

“ब्युउँझ है ब्युउँझ गोर्खाली” नामक गीतको भीडीओ सार्वजनिक

Share this news

“जाग है जाग हिमाली काँधमा हिमाल उचाली, डाक्दछ तिमीलाई चियाबारी ब्युउँझ है ब्युउँझ गोर्खाली” नामक गीतको भीडीओ शनिबार भव्य समारोहबीच सार्वजनिक गरिएको थियो। रमाकान्त गुप्तद्वारा लिखित, जीवन अधिकारीद्वारा सङ्गीतवद्ध उक्त गीतका मुख्य गायक उत्तम अधिकारी हुन् भने कोरसमा साथ दिएका छन् भानु रामुदामु, जोएल राई, चन्द्रकला विश्वकर्म, रोशनी शर्मा, कल्पना बराइली अनि मुस्कान बीकेले। यसको छायांकन श्रेया तामाङले गरेकी छिन्। दार्जीलिङको तकभर चियाबारीमा जन्मेका जीवन-उत्तम अधिकारी हालमा सिलगढी क्षेत्रमा रही सङ्गीतकला र सामाजिक कार्यमा संलग्न रहेका छन्। सामुएल सामु राईद्वारा संगीत संयोजन गरिएको गीतको भीडीओ सार्वजनिक समारोहको अध्यक्षता डा. मोहन प्रसाद दाहलद्वारा गरिएको थियो। चेतनशील सङ्घर्षरत जमान, बागडोगरा अनि जेयु अधिकारी डिजिटलको संयुक्त तत्वावधानमा गान्धी स्मारक उच्च माध्यामिक विद्यालय भवनमा आयोजन गरिएको थियो। समारोहकी प्रमुख अतिथिका रुपमा विशिष्ट गायिका श्रीमती रिमला मोक्तान, विशिष्ट अतिथिहरू साहित्यकार औ गीतकार रमाकान्त गुप्त, कवि औ गीतकार रतन बोम्जन, क्याप्टन मन बहादुर राई, कारगील ययुद्धका वीर चक्र क्याप्टन ज्ञानेन्द्र राई, तबला वादक संगीतकार गोपाल गजमेर, चलचित्र निर्माता औ निर्देशक बिनोद विष्ट, संगीतकार नबीर रसाइली, गायक आलोक गौतम र अन्यान्यको उपस्थिति रहेको थियो। बहु प्रतिभाका धनी शिक्षक वसन्त थापाको रमाइलो बहुप्रति उदघोषणाले कार्यक्रमलाई रोमाञ्चित पारेका थियो। शिक्षक अभिषेक क्षेत्रीको ओजस्वी स्वागत भाषणपछि प्रमुख अतिथिको बाहुलीबाट भीडीओको सार्वजनिक गरिएको थियो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ