आज इन्डियन गोर्खा जनशक्ति फ्रन्टको भातृ श्रमिक सङ्गठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्गठनका प्रमुख डीके गुरुङ अनि टोलीले दार्जिलिङ टी एसोसिएसनद्वारा परिचालित 2024-2025 बोनस बिषय सभामा भाग लिएका थिए। यस सभालाई डिटिएका प्रमुख सल्लाहकार सन्दिप मुखर्जीद्वारा डाकिएको र यस सभामा HTDCSS को पक्षमा डीके गुरुङ, भीम सुनाम, बसन्त छेत्री आदि उपस्थित रहेका थिए।
