इन्डियन गोर्खा जनशक्ति फ्रन्टको श्रमिक सङ्गठन HHTDCSS ले दियो GTA प्रमुखलाई २ दिनको अल्टिमेटम। सङ्गठनले कोरोनाकालमा उब्रिएको 23 लाख 28 हजार भर्खरै बन्द भएका कलेज भेल्ली, पान्दाम सिङतामका 1600 सय श्रमिकहरूलाई फौलाइको रुपमा दिने माग गरेको छ। यस बारेमा सङ्गठनले पहिलो पत्र केही दिन अघि पठाइसकेको छ। फेरि दोस्रो पत्र पठाउँदै दुुइ दिनमा 3 चियाकमानका श्रमिकहरूलाई यो रकम नदिइए तीनै चियाकमानका श्रमिकहरूलाई लिएर लाल कोठीमा धर्ना दिने सङ्गठनका अध्य़क्ष डीके गुरूङले बताएका छन्।
