1 लाख बालवृक्ष रोप्ने योजना संगै माउन्ट हर्मनमा जिल्ला स्तरीय वनमहोत्सव पलन गरिने

Share this news

दार्जीलिङ,14 जुलाई(निसं):जनता र मुख्यतया विद्यार्थीहरूमा हरियाली, वृक्षारोपण र संरक्षणको बारेमा जागरूकता जगाउनु उदेश्य राख्दै आगामी 16 जुलाईको दिन  दार्जीलिङको एक गरिमामय प्रतिष्टित स्कुल माउन्ट हर्मन स्कूलमा जिल्ला स्तरीय वनमहोत्सव-2025 कार्यक्रम  मनाउन गइरहेको दार्जीलिङ डिभिजन, दार्जीलिङ डिभिजनल अफिसर जनब शेख फरीद (आईएफएस)-ले जानकारी गराएका छन् ।
दार्जीलिङ डिभिजन, दार्जीलिङ डिभिजनल अफिसर जनब शेख फरीद(आईएफएस)-ले बताए अनुसार, वन महोत्सव कार्यक्रम, यो एक वार्षिक कार्यक्रम हो जुन यस वर्ष आगामी 14 जुलाईमा झारग्राममा आयोजना हुने राज्य स्तरीय कार्यक्रमको पूर्वसन्ध्यामा आयोजना गरिन्छ। यस जिल्ला स्तरीय कार्यक्रमको मुख्य गतिविधिहरू विद्यार्थीहरूलाई वृक्षारोपण गतिविधि, औपचारिक वृक्षारोपण कार्यक्रम, सिट एण्ड ड्र प्रतियोगिता, नि:शुल्क बिरुवा वितरणमा भाग लिन प्रोत्साहित गर्नु हो, जस्तै विभागले आगामी  14 जुलाई देखि 20 जुलाई सात दिनसम्म एक सप्ताहको गरिन्छ, यस कार्यक्रमको अवधिमा शहरी क्षेत्रमा प्रति व्यक्ति दुई विरुवा र ग्रामीण क्षेत्रमा प्रति व्यक्ति पाँच बिरुवा नि:शुल्क वितरण गर्नेछौं। इच्छुक व्यक्तिहरूले नजिकको वन रेञ्ज कार्यालयबाट बिरुवा प्राप्त गर्न सक्छन्।
यसबाहेक हामी संस्थाहरूलाई नि:शुल्क विरुवा पनि वितरण गर्छौं। संस्था, विद्यालय, कलेज आदि जस्ता विभिन्न वर्गहरूमा निर्भर गर्दै विरुवाको संख्या 1 सय देखि 5 सयसम्म फरक हुन्छ। विभागले जिल्ला स्तरीय वनमहोत्सव कार्यक्रममा विद्यार्थीहरूमाझ सांस्कृतिक गतिविधिहरूलाई पनि प्रोत्साहन गर्छौं। यस वर्ष विभागले यो कार्यक्रम आयोजना गर्न र वन पिउने पानीको लागि महत्त्वपूर्ण स्रोत भएकोले चेतना जगाउन माउन्ट हर्मन स्कूलसँग साझेदारी गरेका छौं। यी प्राकृतिक स्रोतहरूलाई अत्यन्तै चासोका साथ संरक्षण गर्नुपर्छ। पिउने पानीको लागि जलग्रहण क्षेत्रहरू छन् जहाँ करोडौं मानिसहरू आफ्नो जीवनको लागि निर्भर छन्।
दार्जीलिङ डिभिजनल अफिसर जनब शेख फरीद (आईएफएस)-ले भनेका छन् , यस कार्यक्रमले वन्यजन्तु संरक्षणको महत्त्वलाई पनि उजागर गर्नेछ जसले गर्दा वनको संरक्षण अक्षुण्ण रहनेछ। त्यसैले, यस कार्यक्रमको क्रममा जागरूकता जगाउन मिडियाको सहयोगको पनि अनुरोध गर्दछौं। हामी यस मनसुन मौसममा दार्जीलिङ  जिल्लाका विभिन्न डिभिजन-हरू जस्तै दार्जीलिङ डिभिजन, जीटीए वन डिभिजन, खर्साङ डिभिजन र दार्जीलिङ वन्यजन्तु डिभिजन-बाट धेरै बालवृक्षा रोपण गतिविधिहरू पनि गर्नेछौं। हामीले यस मनसुन अवधिमा विभिन्न योजनाहरू अन्तर्गत कम्तिमा 1 लाख बिरुवा रोप्ने योजना बनाएका छौं। यसलाई भव्य रूपमा सफल बनाउन र वन संरक्षण र वन्यजन्तु संरक्षणको प्रयासलाई थप सहयोग गर्न जनता, मिडिया, लाइन विभागहरू र सबै संस्थाहरूको सहयोगको लागि अनुरोध गर्दछौं,दार्जीलिङ डिभिजनल अफिसर जनब शेख फरीद (आईएफएस)-ले थपे।

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ