नोकरशाहको रुपमा ४ दशक लामो देशसेवाको अनुभवपछि आफु जनसेवक भएर मनसुन सत्रअवधि नै जनाइसकेको पूर्व विदेश सचिव तथा राज्यसभा सांसद हर्षवर्द्धन श्रृंङ्गलाले मिडिया संवादमा बताएका छन्। खुनमा रहेको सेवा भावको सिद्धान्त यो कार्यकालभरि कायम रहने अडान राख्ने सांसद श्रृंङ्गलालाई अर्कोतिर संसदको वर्षाकालिन पहिलो सत्रबाटै राजनीतिबारे धेरै थोक सिक्न सकेको मत स्पष्ट गरेको देखियो।
विभिन्न संघसंस्था तथा नागरिक समाजद्वारा गरिएको भव्य स्वागतप्रति हर्ष र गर्व लागेको सुनाउँदै उनले बिनानिम्तो भेला हुनेहरुलाई कसरी गुण फर्काउने भन्ने सुरु गर्नपर्ने आत्म चिन्तनको विषय हुने बताए। उनीहरु सबैसित मिलेर पहाडको सपना साकार तुल्याउन कोशिष गरिने उनले प्रष्टाएका छन्।
