Environment protection program

जन गोर्खाद्वारा वातावरण संरक्षण कार्यक्रम आयोजित

Share this news

प्रकृति संरक्षण र सफा–हरियो कालेबुङ निर्माण गर्ने उद्देश्यका साथ आज जन गोर्खाद्वारा कालेबुङ टाउन हलमा एक उल्लेखनीय वातावरण संरक्षण कार्यक्रम आयोजन गरिएको थियो। कार्यक्रममा कालेबुङ जिल्ला अधिकारी श्री बालासुब्रमण्यम टी. (IAS), कालेबुङ विधायक रुदेन सादा लेप्चा, कालेबुङ नगरपालिकाका अध्यक्ष रवि प्रधान, वन विभागका D.F.O, जि.टि.ए सभा, ग्राम पञ्चायत, ब्लक १, २ र ३ समथीका अध्यक्षहरू, सेंट जोसेफ कन्भेन्ट स्कूलका प्रिन्सिपल, बिकिरण फाउन्डेशन कालेबुङका बिक्रम राई, साथै विभिन्न संघ–संस्था, विद्यालयका शिक्षक–विद्यार्थी तथा सम्माननीय व्यक्तिहरूको उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो। यस अवसरमा जन गोर्खाले जिल्ला अधिकारी श्री बालासुब्रमण्यम टी., सेंट जोसेफ कन्भेन्ट स्कूलका प्रिन्सिपल, नगरपालिका अध्यक्ष रवि प्रधान, बिकिरण फाउन्डेशनका बिक्रम राई तथा तीन ब्लक समथी अध्यक्षहरूलाई सम्मानित पनि गरियो। कार्यक्रममा उपस्थित वक्ताहरूले वातावरण संरक्षण, प्राकृतिक स्रोतसाधनको बचत तथा कालेबुङलाई सफा र हरियो बनाउन सबैको सक्रिय सहभागिताको आवश्यकतामा जोड दिए। साथै, भावी पुस्ताले वातावरण संरक्षण र दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा विशेष जोड दिइयो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ