राज्य समन्वय समितिको केन्द्र र जिल्ला समिति गठन

Share this news

दार्जीलिङ,21 जुलाई(निसं):  केन्द्र र जिल्ला स्तरमा समिति बिस्तार गरिने निर्णय लिदै अलग राज्य समन्वय समितिको बैठक कालेबुङमा सम्पन्न भयो।
कालेबुङमा अलग राज्य समन्वय समितिको एक बैठक सम्पन्न गर्दै जसमा केन्द्र र जिल्ला स्तरमा समिति बिस्तार गरियो, यस बिस्तारमा युवा विभाग, सञ्चार सेल सह-समन्वयकहरू पर्यवेक्षकहरू, कोषाध्यक्ष, प्रवक्ता, विद्यार्थी विभाग तथा अन्य संयन्त्रहरू समावेश गरिएको छ भनी राज्य समन्वय समितिले जानकारी गराएको छ।
प्राप्त जानकारी अनुसार, यो बैठक केही दिनअघि गठित माटो बचाउ मञ्च-मा राज्य समन्वय समितिद्वारा गरिएको प्रतिबद्धतालाई कार्यान्वयन गर्न आयोजित गरिएको थियो। माटो बचाउ मञ्च एक साझा मञ्च हो, जसले चियाबगान क्षेत्रमा पाँच डेसिमल गैरकानुनी जग्गा वितरणको विरोधमा आन्दोलन गरिरहेको छ, जुन गोर्खा समुदायको अस्तित्वमाथि गम्भीर चुनौतीको रूपमा देखिएको छ।
विभिन्न पदहरूमा समावेश गरिएका नयाँ सदस्यहरूले दार्जिलिङ पहाड, तराई र डुवर्सका जनतालाई मुक्त गराउन इमानदारी र निष्ठाका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन्। राज्य समन्वय समिति का नयाँ नियुक्त पदाधिकारीहरूमा मुख्य पर्यवेक्षक  हेमचन्द्र सुब्बा,सह-संयोजक पूर्णसिंह राई, सह-संयोजक अजय दाहाल गोर्खा, प्रेस तथा मिडिया सचिव चन्दन परियार,मिरिक प्रभारी रामचन्द्र राई,
दार्जीलिङ प्रभारी तिलक छेत्री, तराई प्रभारी  सञ्जय लामा,युवा विभाग प्रभारी (कालेबुङ) दावा तामाङ,युवा विभाग प्रभारी (दार्जीलिङ) किरण प्रधान,युवा विभाग प्रभारी  सन्दीप छेत्री,कोषाध्यक्ष अधिवक्ता प्रभा राई,प्रवक्ता सिद्धान्त गोर्खा राई अनि विद्यार्थी विभाग प्रभारी अर्पण प्रधान छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ