Ghar Tricolor program of SSB

एसएसबीको हर घर तिरंगा कार्यक्रम सफलतापूर्वक सम्पन्न

Share this news

आठौं वाहिनी सशस्त्र सीमा बल (एसएसबी) ले कमाण्डेन्ट मितुल कुमारको मार्गदर्शनमा हर घर तिरंगा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यस कार्यक्रमअन्तर्गत वाहिनी मुख्यालयबाट एक मोटरसाइकल तिरंगा र्या ली निकालिएको थियो। जसमा अधिकारीहरू, जवानहरू, र स्थानीय गाउँलेहरूले उत्साहका साथ भाग लिएका थिए। यो र्यािली मुख्यालयबाट शुरु भएर ट्यांक मोड हुँदै खपरैल बजार अनि हिमुल मोडसम्म पुगेर पुनः मुख्यालयमै फर्किएको थियो। सहभागीहरूले हातमा राष्ट्रिय झन्डा बोकेर देशभक्तिका नाराहरू लगाउँदै जनचेतना फैलाए र सबै नागरिकलाई आ-आफ्नो घरमा राष्ट्रिय झन्डा फहराउन आग्रह गरेका थिए। यसका साथै, वाहिनीको कार्यक्षेत्रभित्र पर्ने बाह्य सीमा चौकी बारामानीरामजोतमा पनि मोटरसाइकल र्यािलीको आयोजना गरिएको थियो। त्यसैगरी मिरिकको बाघखोर र पशुपति फाटकमा स्कूले विद्यार्थी र स्थानीय गाउँलेहरूसँग मिलेर एक तिरंगा र्या ली निकालिएको थियो। यस कार्यक्रमको मुख्य उद्देश्य देशभक्तिको भावनालाई सुदृढ गर्नु र ‘आजादीको अमृत महोत्सव’ अन्तर्गत राष्ट्रिय झन्डाको सम्मानका लागि धेरैभन्दा धेरै मानिसहरूलाई प्रेरित गर्नु रहेको एसएसबीले बताएको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ