आइजीजेएफका सीडब्ल्युसी सदस्य प्रकाश गुरूङलाई सर्वोच्च अदालतमा धेरै सुनुवाइपछि राहत मिलेको छ। यसबारेमा आइजीजेएफका प्रमुख अजय एडवर्डसले जानकाारी दिंदै भनेका छन्- बंगाल सरकारले (दार्जीलिङ पुलिस प्रशासन) सर्वोच्च अदालतमा उच्च अदालतले अघि दिएको धरौटी खारेज गर्न निवेदन दिएको थियो। प्रकाश गुरूङ केवल आइजीजेएफका सदस्य भएका हुनाले उनलाई लक्षित गरिएको स्पष्ट छ। म तृणमूलसँग जोडिएको छु भनेर जब कसैले ममाथि आरोप लगाउँछ भने, यो घटनाले देखाउँछ कि सरकारले केवल आइजीजेएफमाथि कडा नजर राखिरहेको छ। हामी डराउँदैनौं। हामी कहिल्यै आफ्नो सदस्य एवं समर्थकहरूलाई छोड्नेछैनौं। एडवर्डसले प्रकाश गुरूङको लागि यो ऐतिहासिक अवसरमा पार्टीका कानुनी टिमका प्रत्येक सदस्यलाई हार्दिक वधाई दिएका छन्।
