Independence Day rally with football and marathon

स्वतन्त्रता दिवस फुटबल र म्याराथन लिएर सभा

Share this news

आगामी स्वतन्त्रता दिवस खुल्ला नगद राशि फुटबल प्रतियोगिता अनि स्वतन्त्रता दिवस म्याराथनलाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जनको अध्यक्षता र सचिव निर्मल गुरुङको सञ्चालनमा सम्पन्न भएको छ‌। सभालाई सञ्चालन गर्दै मूल सचिव निर्मल गुरुङले गत केही दिन अघि सफलतापूर्वक टेबल टेनिस प्रतियोगिता सम्पन्न भएकोमा सम्पूर्ण सदस्यहरुलाई संस्थाको‌ तर्फबाट धन्यवाद दिन्दै यसपाली कसरी र कस्तो प्रकारले स्वतन्त्रता दिवस फुटबल प्रतियोगिता अनि स्वतन्त्रता दिवस म्याराथन आयोजना गरिनु पर्ने विषयमा सभामा बताए। सभामा यी दुईवटा विषयमा चर्चा परिचर्चा गरिएको छ। सभामा सर्वसहमतिले यसपालीदेखि स्वतन्त्रता दिवस नगदराशि फुटबल प्रतियोगिताको विजेतालाई प्रदान गरिने नगदराशिमा‌ गत वर्षको तुलनामा बढोत्तरी गरिएको छ। त्यसरी नै यस वर्षदेखि म्याराथनमा प्रत्येक सहभागीले म्याराथनको समाप्त गर्ने प्रतियोगीहरुलाई प्रमाण पत्रको साथमा फिनिसर मेडल पनि प्रदान गरिने प्रस्ताव पारित गरिएको छ। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङले यस सभा र स्वतन्त्रता दिवस नगदराशि फुटबल प्रतियोगिता अनि स्वतन्त्रता दिवस म्याराथन विषयमा विस्तृत रुपमा जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ