खरसाङ युनाइटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीद्वारा जनचेतना कार्यक्रम

Share this news

खरसाङ, (निसं): धार्मिक अल्पसङख्यकहरूको निम्ति खरसाङ युनाईटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीको आयोजनामा यहाँको गोर्खा जन पुस्तकालय भवनको प्रेक्षागृहमा सरकारद्वारा प्रदान गरिने विभिन्न योजनाहरू र सहुलियतहरू बारेमा जानकारी प्रदान गर्न जनचेतन कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा माइनोरेटी सोसाइटीद्वारा आमन्त्रित धार्मिक अल्पसङख्यक ईसाई, मुस्लिम, बौद्ध धर्मावलम्बीहरूको बाक्लो उपस्थिती रहेको थियो । सोसाइटीका उपाध्यक्ष पास्टर तिरस राईको अध्यक्षतामा सम्पन्न यस जनचेतना कार्यक्रममा खरसाङ महकुमा शासक कार्यलयका अल्पसंख्यक कल्याण विभागका अधिकारी एच हुस्सेनले सरकारद्वारा प्रदान गरिने विभिन्न योजनाहरू विषय जानकारी गराए। विद्यार्थीहरूलाई प्रदान गरिने विभिन्न छात्रवृत्ति अनि उच्च शिक्षा हासिल गर्नको निम्ति विद्यार्थीहरूलाई प्रदान गरिने ऋणको विषयमा हुसेनले विस्तृत जानकारी दिए। धार्मिक अल्पसंख्यकहरूको निम्ति सार्वजनिक भवन निर्माण, कबरस्थानको सुन्दरीकरण अनि अन्यान्य कार्यमा सरकारद्वारा प्रदान गरिने विभिन्न सहुलियतहरू विषयमा पनि अधिकारीले जानकारी गराए। कार्यक्रममा अन्तरक्रियात्मक कार्यक्रम पनि सम्पन्न गरियो। जसमा अल्पसंख्यक विभागका अधिकारी हुसेनले कार्यक्रममा उपस्थित सदस्यहरूको प्रश्नहरूको उत्तर दिदै धार्मिक अल्पसंख्यकहरूको निम्ति सरकारद्वारा प्राप्त विभिन्न महत्वपूर्ण विषयमा जानकारी दिए। एल्डर निर्णय लेप्चाद्वारा स्वागत भाषण राखिएको यस कार्यक्रम एल्डर ज्योतिको प्रारम्भिक प्रर्थनाबाट आरम्भ गरिएको थियो। कार्यक्रममा सन्त अलफन्सस प्राथमिक पाठशालाका प्रधान अध्यापक फादर रोशन, भोटिया संगठनका उपाध्यक्ष पेम्बा भोटिया, सुकुना सालबारी युनाइटेड़ क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाटीका मुख्य सचिव रोशन डी लामा, सुकिया पोखरेबुङ माइनोरिटी वेलफेयर सोसाटीका कार्यकारणी समिति सदस्य पास्टर लुईस अनि खरसाङ मुस्लिम समुदायका सभापति फिरोज अखतर उर्फ बबलु अनि सोसाइटीका उपाध्यक्ष पास्टर तिरस राईले आफ्नो वक्तव्य राखेका थिए । खरसाङ युनाईटेड क्रिश्चियन माइनोरेटी वेलफेयर सोसाइटीका मुख्य सचिव दिपक लेप्चाले धन्यवाद ज्ञापन गर्दै यस कार्यक्रमा सोसाइटीका कोषाध्यक्ष अरुण तामाङ, सदस्य सञ्जय छेत्री, झुमा राणा लेप्चा लगायत विभिन्न धार्मिक अल्पसंख्यक संघ-संस्थाका कार्यकारणी समिति सदस्यगण अनि सबैप्रति आभार प्रकट गरेका थिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ