चितुवाको आतङ्क

Share this news

 

वर्तमान युगमा मानिसहरू जस्तै जङ्गली जनावरहरू पनि सुविधावादी बन्दै गइरहेको हुन सक्छ। सुविधावादी बनेकै कारण मांसाहारी जनावरहरूले जङ्गलमा अन्य पशुहरूको शिकार गर्नुको साटो घरको गोठमा पालिएका पशुहरूको शिकार गरिरहेका पशुपालकहरूको गुनासो छ। अहिलेसम्म चितुवाले धेरै कुकुर, बिरालो, कुखुरा, बाख्रा, सुङ्गुरलाई आफ्नो आहार बनाइसकेको पनि पशुपालकहरूले बताएका छन् । कुखुरा, बाख्रा,
सुङ्गुर जस्ता पशुहरूलाई चितुवाले आहार बनाउँदा पशुपालकहरू धेरै आर्थिक क्षतिको सम्मुखीन बनेका छन्। अहिले विभिन्न स्थानमा चितुवाको रगरगी बढ्‌दै गइरहेको देखिन्छ। यस्तो घटनाले चितुवाको सङ्ख्यामा वृद्धि भएको अनुमान लगाउन सकिन्छ। एकातिर चितुवाको सङ्ख्यामा वृद्धि भएको थाहा लाग्छ भने अर्कातिर मृग, दुम्सी, खरायो, बँदेल, बाँदर, कालिज, मयूर आदिको सङ्ख्या पनि उतिकै बढ़ेको छ। जताततै जङ्गली जनावरहरूले गर्ने गरेका उपद्रवबाट त्यो स्पष्ट हुन्छ। सामानुपातिक रूपले चितुवासितै अन्य वन्य जन्तुको पनि सङ्ख्यामा वृद्धि भएको छ। तर चितुवाले आहारको निम्ति वन्य जन्तुको शिकार गर्न छोड़ेर सहज आहारको खोजीमा घरका पाल्तु पशुहरूलाई आफ्नो लक्ष्य बनाउने गरेको पशुपालकहरू बताउँछन्। यदि चितुवाले अन्य वन्य जन्तुलाई नै आफ्नो आहार बनाउने हुँदो हो त अन्य वन्य जन्तुको सङ्ख्यामा कमी आउने थियो वा सङ्ख्या वृद्धिमा अङ्कुश लाग्ने थियो। त्यससितै चितुवाले यसरी गाउँ-घरमा पसेर पाल्तु जनावरको शिकार गर्ने थिएन। अहिले प्रत्येक
गाउँ-घर, कमान-बस्तीमा चितुवाले केही न केही क्षति पुऱ्याएको सुन्न पाइन्छ। यसै क्रममा १० जूनको राति स्थानीय आँपबोटे गाउँ निवासी उर्गेन प्रधानको खोरमा चितुवाले आक्रमण गरेको खबर आएको छ। खोरमा पालिएको उन्नत जातको बोकालाई खोरबाटै तानेर चितुवाले घाइते बनाएको पशुपालक उर्गेन प्रधानले बताए। खोरमा बाख्रा कराएको आवाज सुनेपछि तुरुन्तै उठेर हल्ला गर्दा मात्र बोकालाई लैजान नपाएको तर घाइते बनाएको उर्गेनले थप बताए। गम्भीर रूपले घाइते बोकाको कुनै पनि समय मृत्यु हुन सक्ने तिनले जनाए। चितुवाको कारण अहिले पशुपालकहरूले आफ्ना गाई, बाख्रा, कुखुरा, सुङ्गुर आदिको गोठ तथा खोरमा रातभरि बत्ती बालेर राख्नुपर्ने कि त गोठ वा खोरनजिक आगो जलाउनुपर्ने अवस्था बनेको पनि पशुपालकहरू बताउँछन्। गोठ वा खोरको बारबेर पक्का तथा दह्रो नभए आर्थिक हानि ब्योहोर्नुपर्ने स्थिति आएको पशुपालकहरूले थप बताए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ