letter in response to Shankar

शंकर घोषको बयानको प्रतिक्रियामा राब्गे राईको पत्र

Share this news

आइजीजेएफका नेता राब्गे राईले सिलगढीका विधायक डा. शंकर घोषको बयानमाथि प्रतिक्रिया व्यक्त गर्दै पत्राचार गरेका छन्।
राईको प्रतिक्रिया यस्तो छः एकातिर सिलगढीका भाजपा विधायक डा० शंकर घोषले “शहर बाहिरका मानिसहरू” र “राजनीतिक नेताहरूले उक्साएका मानिसहरू” भन्ने आरोप लगाउँदै यस संवेदनशील घटनालाई नकारात्मक रूप दिनु र राजनीतिक रंग दिन अत्यन्तै प्रयास गर्दै छन् भने, अर्कोतिर हाम्रो पहाडका विधायकहरू मौन छन् !
सर्वप्रथम, डा० शंकर घोष, पीडितहरू पनि “शहर बाहिरकै” हुन्। दोस्रो कुरा, त्यहाँ उपस्थित सबै गोर्खाहरू “गोर्खा” भएको नाताले नै उपस्थित थिए, त्योभन्दा बढी केही पनि होइन त्यसमा कुनै “राजनीति” लुकेको थिएन। हो, स्थानिय जनताले पनि जात, धर्म, समुदाय, वा राजनीतिक आबद्धताबाट माथि उठेर पीडितहरूको पक्षमा आवाज उठाए पीडितहरूलाई साथ दिए र हामी त्यसका लागी, सिलगढीको गोर्खाप्रति कृतज्ञता र ऋणी छौं।
आदरणीय महोदय, म हजुरलाई यस समय मानवता र सहानुभूति दर्शाउने आग्रह गर्दछु र यस्तो आधारहीन, निन्दनीय र घृणास्पद आरोपहरू लगाएर यस संवेदनशील जातीय अपमानित र भावनात्मक पीडालाई राजनीतिक रूपमा प्रयोग नगर्ने अनुरोध गर्दछु।
हजुर जस्तो एक शिक्षित व्यक्तित्वले यस्तो निम्न स्तरमा गिर्न सक्नु हुँदोरहेछ भन्ने कुरा देख्दा म दुःखी र आश्चर्यचकित दुवै छु।
म तपाईंलाई स्मरण गराउन चाहन्छु कि अहिले सम्पूर्ण गोर्खा जातिको भावनामा गहिरो ठेस लागेको छ। गोर्खा जातिको चित्त दुःखेको छ र यस्तो कुराहरु गरेर तपाईंले घाउमा नुन छर्कने कार्य गरिरहनु भएको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ