बिजनबारीमा लायन्स क्लब खरसाङको मेगा स्वास्थ शिविर 

Share this news

दार्जीलिङ,25 जुलाई(निसं):बिजनबारी सार्वजनिक भवनमा लायन्स क्लब खरसाङको मेगा स्वास्थ शिविरमा निःशुल्क आँखा जाँच, मोतिबिन्दु जाँच, मधुमेह जाँच अनि रक्तदान कार्यक्रम आयोजना गरियो। यो मेगा स्वास्थ शिविर लायन्स क्लब अफ खरसाङ, बिजनबारी पुलिस स्टेशन, बिजनबारी युनाइटेड युथ फोरम, बिजनबारी मर्चेन्ट एशोसिएसन अनि बिजनबारी आइ केयर सेन्टरको संयुक्त तत्वावधानमा सम्पन्न भएको थियो।
दार्जीलिङ जिल्लाका पुलिस अधीक्षक प्रवीण प्रकाश आईपीएस-ले शिविरको अवलोकन समय विभागको लायन्स क्लबसंगको सहकार्य माथि बोल्दै भने, पुलिसले केवल अपराधी पक्रेर समाजलाई सुरक्षा दिने कार्य गर्दैन, पुलिसले रक्तदान जस्ता जीवन दान दिने कार्य पनि गर्छ। आज पुलिस विभागका धेरै कर्मचारीले रक्त दान गरे। समाजको सुरक्षा पुलिस एक्लैले गर्नु सक्ने कार्य होइन। पुलिसले केही समय अघि देखि लायन्स क्लब संग सहकार्य गरेर स्वास्थ्य माथि जागृति साथै जनतालाई स्वास्थ्य सेवा पुर्याउने कार्य पनि गरिरहेका छौ। लायन्स क्लबका अध्यक्ष विवेक गोयलले आजको स्वास्थ शिविर विषय भने, लायन्स क्लबले सहकार्यमा विस्वास राख्छ। त्यसैले आजको मेगा स्वास्थ शिविर लायन्स क्लबको मात्र नभएर बिजनबारी पुलिस स्टेशन, बिजनबारी युनाइटेड युथ फोरम अनि बिजनबारी मर्चेन्ट एशोसिएसनको पनि हो। हाम्रो उद्देश्य समाजको मानिसहरूलाई स्वस्थ सेवा दिनु रहेको छ ,जुन कार्य हामी एक्लै गर्नु सक्दैनौं।
क्लबका उपाध्यक्ष सरोज चौहानले जानकारी दिए अनुसार शिविरमा 150 जनाको मधुमेहको जाँच भयो। 97 जनाको आँखा जाँच भयो जसमा 10 जनामा मोतिबिन्दु पाईयो। त्यसरी नै 76 जनाले रक्त दान गरे। विद्यार्थीहरू, व्यापारीहरु, युवाहरु, सिभिक स्वयं सेवीदेखि लिएर क्षेत्रका साधारण मानिसहरूले शिविरको लाभ उठाएका थिए।
मेगा स्वास्थ शिविरका अध्यक्ष नवीन अग्रवालले भने, यस शिविरमा दार्जीलिङ पुलिसका अधिकारीहरू, स्थानिय सभासद्  भूपेन्द्र क्षेत्रीले पनि शिविरमा आफ्नो सहभागिता थियो।
अग्रवालले थप भने, मोतिबिन्दु पाइएको व्यक्तिहरूलाई क्लबले सिलिगुडी लायन्स अस्पतालमा  निःशुल्क अपरेसन गराउनेछ। आजको शिविरमा प्राविधिक सहायता सिलगढी लायन्स क्लब अनि भिजन क्लब खरसाङले दिएका थिए। आज दान गरिएका रक्त सिलगढी तराई लायन्स रक्त केन्द्रमा जमा गरिन्छ।शिविरमा दार्जीलिङ डीएसपी उज्ज्वल सरकार, पूल-बिजनबारीका ग्राम पञ्चायतका सदस्यहरु अनि लायन्स क्लबका दोस्रो जिल्ला गभर्नर शिवानी गोयनकाको विशेष उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ