Literature Council

चम्पासरी नेपाली साहित्य परिषदको २४औं भेला

Share this news

चम्पासरी नेपाली साहित्य परिषदले आफ्नो २४औं मासिक साहित्यिक भेलाको आयोजन चम्पासरी, बाबुबासा
स्थित परिषदको कार्यालयमा आइतवार गरेको थियो।
यस कार्यक्रमको अध्यक्षता परिषदकै अध्यक्ष श्रीमती सुषमा गुरुङ मोक्तानले गरेकी थिइन्। कार्यक्रमको थालनी दीप प्रज्ज्वलन तथा सरस्वती वन्दना गरिएपछि यस महिनामा जन्मजयन्ती मनाउनु पर्ने महान् व्यक्तित्व क्रमश: गोपालसिंह नेपाली बस्नेत, कप्तान रामसिंह ठकुरी, रतनलाल व्राह्मण, गोपाल योन्जन, मदर टेरेसा तथा हकीका जादुगर ध्यानचन्द लाई सम्झना गरियो। तत्पश्चात रवीन्द्रनाथ ठाकुर, अटल बिहारी वाजपेयी, गुमानसिंह चामलिङ तथा दुर्गा मल्लको पुण्यतिथि परेको हुँदा एक मिनट मौन धारण गर्दै श्रद्धार्पण गरियो।
उक्त भेलाले तीज जस्तो महान् चाडमा देखा परेका विसंगतिप्रति चिन्ता व्यक्त गर्दै यसको समाधानको लागि महिलाहरुनै सजग हुनु पर्नेमा उपस्थित सदस्यहरु एकमत भएका थिए। साथै आजभोलि हाम्रा चेलीहरुको पोशाक परिधानमा पश्चिमी सभ्यताको नकारात्मक सोच भित्रिएकोमा दुःख प्रकट गर्दै उनीहरुलाई सही मार्ग निर्देशन दिनमा घर-समाज मिलेर सहकार्य गर्नु पर्नेमा सबैको एउटै धारणा थियो।
कार्यक्रमको अर्को चरणमा राधाश्री मोक्तान, मुना बराल, मीनु तामाङ, प्रदीप खतिवड़ाले स्वरचित तथा सन्जीव श्रीमलले स्वरचित साथै सुषमा गुरुङ मोक्तानले स्वरचित कविता पाठ गरेका थिए। सभाको स्वागत भाषण मुना बरालद्वारा तथा धन्यवाद ज्ञापन मीनु तामाङद्वारा गरिएको थियो। उक्त कार्यक्रमको सन्चालन सचिव प्रदीप खतिवड़ाद्वारा गरिएको थियो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ