‘प्लगिङ’- अर्थात् फोहोरमैला उठाउँदै दौड लगाउनपर्ने नागरिक चालित अभियानको आज थालनी गरियो। स्वीडेन राष्ट्रको यस खेलबाट प्रेरित उक्त प्रतियोगिताअवधि सङ्कलन गरिने फहोरमैलाको तौलको हिसाबमा पुरस्कार प्रदान गरिने बताइएको छ।
गोर्खाल्याण्ड प्रशासनिक सभा र दार्जीलिङ नगरपालिकाको सहकार्यमा थालनी गरिएको ”मेरो दार्जीलिङ – माया अनि सेवा तपाईंलाई” नामक उक्त नागरिक–चालित सफाइ अभियान आउँदो १५ अगस्त शुक्रबार पालन गरिने ७९औं स्वतन्त्रता दिवस समारोहको अवसरबाट थालनी गरेर गोर्खा स्टेडियम लेबोङ हुँदै अन्तर नगरपालिका क्षेत्रमा साप्ताहिकरुपमा गरिने विकरन फाउण्डेशन- प्रमुख विक्रम राईले जनाएका छन्।
शहरको साफसफाइ र राखनधारनमा नागरिक समाजलाई सोझोरुपमा संलग्न, प्रोत्साहनसँगै सचेत गराउन थालिएको उक्त ‘प्लगिङ्ग’ पर्यटक सीजन-को बेला वृहतरुपमा गरिने उनले थपेका छन्।
