मुख्यमन्त्री ममताद्वारा भारतीय सेनाप्रतिको वक्तव्यको विरोधमा पोष्टरिङ

Share this news

भारतीय जनता पार्टीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले भारतीय सेनाप्रति गरेको अपमानजनक वक्तव्यको विरोध जनाउँदै खरसाङमा मङ्गलबार पोष्टरिङ्ग गरेको थियो। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको वक्तव्यको विरोधमा भारतीय जनता पार्टीले खरसाङ बजारको विभिन्न स्थानहरुमा पोष्टरिङ गरेको थियो। उक्त पोष्टरिङ्ग कार्यक्रममा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला महासचिव सोनाम लामा, जिल्ला सचिव बिनय प्रसाद, चिम्नी देवराली मण्डल अध्यक्ष सञ्जय थापा र मिडिया प्रभारी चन्दन प्रसाद उपस्थित रहेका थिए। जिल्ला महासचिव सोनाम लामाले हाम्रो सेना देशको शान, गौरव र मर्यादाको प्रतिक हो भन्दै सेनाको अपमान गर्नु राष्ट्रकै अपमान गरिएको आरोप लगाएका छन्। उनले भारतीय सेना हाम्रो सीमाको सुरक्षा मात्रै होइन, कठिनाइमा पनि आम नागरिकको सहारा बन्ने बलियो आधारशिला हो र हाम्रो आजको स्वतन्त्रता र सुरक्षित भविष्य सेनाको बलिदान र समर्पणकै फल भएको बताएका छन्।‌ जिल्ला महासचिव लामाले मुख्यमन्त्री ब्यानर्जीले सेना र देशसँग माफ माग्नुपर्ने माग गरेका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ