हेड मास्टर्स एसोसिएशन, कालेबुङ जिल्लाद्वारा सम्बर्द्धना

Share this news

कालेबुङ जिल्लाको पेदोङ अवस्थित सेन्ट जर्ज हायर सेकेन्डेरी स्कूलमा शनिबार सम्बर्द्धना र धन्यवाद ज्ञापन आयोजना गरिएको थियो। हेड मास्टर्स एसोसिएशन, कालेबुङ जिल्लाद्वारा आयोजित कार्यक्रमको अध्यक्षता हेड मास्टर्स एसोसिएशनका प्रमुख विजय प्रधानले गरेका थिए भने प्रमुख अतिथिका रुपमा कालेबुङका विधायक रुडेन सादा लेप्चा उपस्थित थिए अनि विशिष्ट अतिथि जीटीएको हायर सेकेन्डेरी एजुकेशन डिपार्टमेन्टका सभासद सञ्चबीर सुब्बा र सेन्ट जर्ज हायर सेकेन्डेरी स्कूलका प्रिन्सिपल फादर चाल्स सादा उपस्थित थिए। यसरी नै प्राइमेरी एजुकेशन बोर्डका प्रमुख सामडुप लामा, सभादहरू क्रमश: सीबी गुरूङ, हेमन्त राई, लाक्पा नामगे भुटिया, पौल सिमिक, कमल सुब्बा कार्यक्रममा वर्ष 2024-25 मा दशौं र बाह्रौंको परीक्षामा सर्वोच्च अङ्क ल्याउने जीटीएभरिका विद्यार्थीहरूलाई सम्बर्द्धना जनाइयो। यसका साथै विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि निरन्तर परिश्रम गर्ने प्रत्येक शिक्षण संस्थाका प्रमुखहरू लगायत अन्य शिक्षकगणलाई पनि सम्बर्द्धना जनाइयो। कार्यक्रमको गरिमा बढाउन सांस्कृतिक प्रस्तुति पनि सामेल गरिएको थियो। कार्यक्रमको सञ्चालन हेड मास्टर्स एसोसिएशनका सचिव सागर शर्मा अनि रबिन सेवाले गरेको चन्द्रकला राईले जानकारी दिएकी छिन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ