जिल्ला अदालत परिसरमा मेडिकल युनिट सेन्टर शुरू

Share this news

दार्जीलिङ, 24 जुलाई(निसं):  जिल्ला कानूनी सेवा प्राधिकरण (डीएलएसए)-को आयोजनामा आजदेखि जिल्ला अदालत परिसरमा मेडिकल युनिट सेन्टर शुरू  गरिएको छ। उक्त युनिटको उद्घाटन जिल्ला अदालतका  न्यायाधीश जिमुत वाहन बिश्वासको  बाहुलीद्वारा  गरियो ।
उद्घाटन समारोहमा जिल्ला अस्पतालका डा. अरिजित मन्ना, डीएलएसए का कर्मचारीहरु, प्यारालिगल भोलिन्टियरहरू र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
न्यायाधीश बिश्वासले जानकारी दिँदै उक्त मेडिकल युनिट सेन्टरमा डाक्टरसहित नर्सहरूको पनि उपस्थित हुने बताए। यस  मेडिकल युनिटले अदालतमा कार्यरत पुलिस, कर्मचारीहरू तथा कानुनी कामका लागि आउने सर्वसाधारणलाई आकस्मिक स्वास्थ्य सेवामा सहयोग पुर्‍याउने न्यायाधीश जिमुत वाहन बिश्वासले  बाताए । यसरी नै प्यारालिगल भोलिन्टियर रिना रायाले यो मेडिकल युनिट सप्ताहमा दुई पटक खोलिने बताउदै  दार्जीलिङ जिल्ला अदालतमा पहिलोपटक  यस युनिटको स्थापना गरिएको जसले धेरैलाई समयमा स्वास्थ्य सेवा  उपलब्ध गराउने विश्वास व्यक्त गरिन्।

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ