meeting was held with the families

आन्दोलनका शहीद परिवारलाई लिएर बैठक आयोजित

Share this news

स्यामादेवि भवनमा शनिबार शहीद परिवारलाई लिएर दोस्रो बैठक सम्पन्न भएको छ। बैठकको अध्यक्षता निरियश मुखियाले गरेका छन्। कालेबुङका विभिन्न क्षेत्रबाट आएका सहिद परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिती रहेको थियो। उनीहरूले आफ्ना–आफ्ना मन्तव्य राख्दै १९८६ सालमा शहीद बनेका शहीद परिवारले आजसम्म राज्य वा सरकारबाट कुनै सुविधा वा लाभ नपाएको पीडा पोखेका थिए। एक महिला सदस्यले भावुक हुँदै, “हामीलाई केवल शहीद दिवसको दिन मात्र सम्झिन्छन्, तर वास्तविक सहयोग आजसम्म प्राप्त भएको छैन,” भन्ने धारणा राखिन्। साथै उपस्थित सदस्यहरूले शहीदहरूको सम्मानपूर्वक सम्झना गर्दै शहीदको नाउँमा कुनै प्रकारको राजनीति नगर्न सबैसँग अपील गरेका छन्।
स्मरण रहोस यस वर्ष गोर्खा गौरव संस्थान द्वारा शहीद दिवशको दिन सहिदहरूको परिचय र विवरण समेटिएको पुस्तक प्रकाशित गरिएको थियो। सोही कार्यक्रम मा शहीद परिवारका सदस्य समाजसेवी निरियेश मुखियाको सकारात्मक पहलमा शहीद परिवारलाई एकजुट बनाउन पहल सुरु गरिएको थियो। सोही अनुरूप शनिबार दोस्रो सभा सम्पन्न गरिएको हो। शहीद परिवारलाई एकजुट बनाउन नितान्त आवश्यक रहेको भन्दै उनले यसको एउटा संगठन खडा गर्ने उनले आह्वान गरेका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ