Municipality Ward 1

हाम्रो गाउँ हाम्रो समाधानमाथि खरसाङ नगरपालिका वार्ड 1 मा सभा

Share this news

हाम्रो गाउँ हाम्रो समाधान विषयलाई लिएर खरसाङ नगरपालिकाको वार्ड नम्बर एकमा सभा सम्पन्न भएको छ। पश्चिम बंगाल सरकारद्वारा सञ्चालन भईरहेको द्वारे सरकारकोे माध्यमबाट ‘हाम्रो गाउँ हाम्रो समाधान’ परियोजना लिएर खरसाङ नगरपालिका अन्तर्गत पर्ने एकदेखि बीस नम्बरसम्म सम्पूर्ण वार्डमा यस परियोजनाको विषयको जानकारी दिन साथै प्रत्येक वार्ड मा एक भन्दा अधिक भेग, गाउँ भएकोले गर्दा कुनै प्रकारको मतभेदकोे सृजना नहोस् भनी सभा आयोजना गरिएको जानकारी प्राप्त भएको छ। उक्त सभा टाउन कमिटीका अध्यक्ष राजु शर्माको अध्यक्षतामा सभा सम्पन्न भयो। सभामा आ-आफ्नो गाउँकोे प्रतिनिधिहरु लगायत सदस्यहरु उपस्थित थिए। सभामा आगामी 13 सेप्टेम्बरकोे दिन डीएफओ अफिसमा सम्पन्न हुने हाम्रो गाउँ हाम्रो समाधानकोे निम्ति‌ चर्चा परिचर्चा गरिएको छ। सभामा सम्बाेधन राख्ने क्रममा सभासद श्याम शेर्पा टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिन, सह सचिव सञ्जय मुखिया, सांगठनिक सचिव मैत्र सेन शर्मा, कार्यकारीणी सदस्य बिशन तामाङले सम्बोधन गर्दै परियोजना सम्बन्धि जानकारी दिएका थिए। सभाध्यक्ष राजु शर्माले अध्यक्षीय सम्भाषण राखेका थिए। सभालाई सञ्चालन विकास तामाङले गरेका थिए भने सभामा टाउन कमिटीका कार्यकारीणी सदस्यहरु उपस्थित रहेका थिए‌।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ