नव प्रभात संघको आफ्नो गाउँ हरियाली बनाउ कार्यक्रम

Share this news

मजुवा, 14 जुलाई(निसं): नव प्रभात संघले आफ्नो गाउँ हरियाली बनाउ कार्यक्रम सम्पन्न गरेको छ। दार्जीलिङ-पुलबजार खण्डको मजुवा ग्राम अन्तर्गत लोवर आरूबोटे नव प्रभात संघले आफ्नो गाँउ हरियाली बनाउ कार्यक्रममा बाटोको किनारमा फूलहरूको विरूवा लगाएको छ। जसमा सयपत्री, गुराँस अनि इञ्जिलीया सहित अन्य फूलहरू् लगभग 12 सय भन्दा धेर फूलको बोटहरू रोपण गरिएको संघका मुलसचिव दिपेन सुब्बाले जनाए। सयपत्री, मखमली फूलहरू हाम्रो पारम्परिक जातीय फूल रहेकोले यसलाई संरक्षण गर्नु पर्ने अथवा हाम्रा नानीहरूलाई यी फूलहरू सम्बन्धमा जनाउन पर्ने स्थानिय दिलन सुब्बाले बताए। नव प्रभात संघ सभापति सुरज सुब्बा, मुलसचिव दिपेन सुब्बा तथा नव प्रभात संगको नेतृत्वमा सम्पन्न आफ्नो गाउँ हरियाली बनाउ कार्यक्रममा 12 सयवटा विरूवाहरूले लगभग दुई किलोमिटर बाटोको किनारामा लगाइयो भने अबोप्रान्त आफ्नो गाउँ हरियाली बनाउ कार्यक्रम प्रत्येक वर्ष गरिने नव प्रभात संघका प्रतिवद्धतालाई दिलन सुब्बाले घोषणा गरेको छ। यसरी संघद्वारा आयोजित कार्यक्रममा फूलहरूको पौधा रोपण गर्न श्रमदान दिने नव प्रभात संघका सम्पूर्ण सदस्यहरूप्रति संघका तर्फबाट आभार व्यक्त गरिएको छ।

Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ