राष्ट्रिय राजमार्ग 55 राष्ट्रिय राजमार्ग 110 भइसकेपछि पनि पुरानो बोर्ड जस्ताको तस्तै

Share this news

खरसाङ, 28 जून (सन्त राई)ः पहिलाको कार्ट रोड, हिलकार्ट रोड त्यस पछि तेञ्जिङ नोर्गे पथ भएको सिलगढ़ीदेखि दार्जीलिङसम्मको सड़क दागोपाप कालमा राष्ट्रिय राजमार्ग 55 भएको हो। यो सड़क अहिले राष्ट्रिय राजमार्ग 110 भइसकेको छ। तथापि यस रोडको जग्गा-जग्गामा लेखिएको राष्ट्रिय राजमार्ग 55 को बोर्डलाई अझसम्म बदल्ने काम गरिएको छैन अथवा बोर्डमा राष्ट्रिय राजमार्ग 110 लेख्ने कार्य भएको छैन। यसो हुँदै धेरैले अझ पनि यो सड़कलाई राष्ट्रिय राजमार्ग 55 नै ठान्ने अनि भन्ने गरेका छन्। कतिपय संघ-संस्था अनि व्यक्तिहरूले निवेदन अथवा विज्ञप्ति लेख्दा अझ पनि राष्ट्रिय राजमार्ग 55 नै लेख्ने गरेका छन्। खरसाङको एउटा धार्मिक अनि सामाजिक संगठनका प्रतिनिधिलाई यो सड़क अहिले राष्ट्रिय राजमार्ग 110 भएको छ भनी अवगत गराउँदा आश्‍चर्च प्रकट गर्दै अहिलेसम्म आफूले राष्ट्रिय राजमार्ग 55 नै हो भन्ने ठानेर विज्ञप्तिमा पनि राष्ट्रिय राजमार्ग 55 नै लेखेको बताए। तिनले भने, यसरी सड़क राष्ट्रिय राजमार्ग 55 बाट राष्ट्रिय राजमार्ग 110 भएको भए सूचनाहरू प्रकाशित गर्न पर्ने हो। सड़कको ठाउँ-ठाउँमा लेखिएको बोर्डहरूमा राष्ट्रिय राजमार्ग 55 को साटो राष्ट्रिय राजमार्ग 110 लेख्नु पर्ने हो तर अहिलेसम्म त्यस्तो कहीँ देखिएको छैन। यसैले हामी जस्ता सर्वसाधरण यस विषयमा कसरी अवगत हुने? यसरी नै बाहिरबाट पहाड़ घुम्न आएका पर्यटकहरूले पनि यो सड़कलाई राष्ट्रिय राजमार्ग 55 नै बुझ्ने गरेका छन्। तिनीहरूले पनि आफूहरू रोहिणी रोडबाट राष्ट्रिय राजमार्ग 55 हुँदै खरसाङ आइपुगेको बताउने गर्छन्। सिलगढ़ीबाट प्रत्येक सप्तान्तमा खरसाङ घुम्न आउने एक पर्यटकले भने, म प्रत्येक शनिवार अथवा आइतवार खरसाङ घुम्ना आउछु तर राष्ट्रिय राजमार्ग 55 मा हुने गाड़ी जामको समस्यादेखि दिक्क लाग्छ। यो गाड़ी जामको समस्या समाधानको निम्ति प्रशासन अथवा सरकारद्वारा केही उपाय निकाल्न पर्ने हो। तिनले राष्ट्रिय राजमार्ग 55 अहिले राष्ट्रिय राजमार्ग 110 भएको बारेमा आफू अनभिज्ञ रहेको बताए। राष्ट्रिय राजमार्ग 55 राष्ट्रिय राजमार्ग 110 भएको वर्ष दिन हुन लाग्दा पनि यो सड़कको ठाउँ-ठाउँमा लगाइएको राष्ट्रिय राजमार्ग 55 को साईन बोर्ड बदल्ने काम गरिएको छैन। जनसाधरण र पर्यटकहरूको जानकारीको निम्ति सड़कको विभिन्न स्थानमा लगाइएका साईन बोर्डहरू बदली गर्नु पर्ने अथवा नयाँ साईन बोर्ड लगाउन पर्ने आवश्यकता देखिएको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ