कीवी खेतीबारे जीटिए-द्वारा एक दिने प्रशिक्षण कार्यक्रम 

Share this news

दार्जीलिङ, 9 जुलाई(निसं): गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन(जीटिए)-द्वारा पहाडको कृषकहरुलाई पहाडी भेकको जमिनमा उब्जाउ हुन सक्ने विभिन्न प्रकारको खेतीहरु बारे उचित परामर्श अनि प्रशिक्षण गराएर पहाडको कृषकवर्ग अनि युवाहरुलाई विभिन्न प्रकारको रचनात्मक खेतीबारे  प्रोत्साहन गराउदै उनीहरुको आर्थिक अवस्था दह्रो बनाउन साथै युवाहरुलाई स्वरोजगारको दिशा देखाउन विभिन्न योजनाहरु अनि प्रशिक्षणहरु दिइने कार्य भईरहेको छ।
यसै क्रममा 6 माईल क्षेत्रको स्थानीय कृषकवर्ग अनि  खेतीबारे उत्साहित युवाहरुलाई लिएर जीटिए प्रमुख जनसम्पर्क अधिकारी एसपी शर्मा लगायत स्थानीय स्वनिर्भर समूहका सदस्यवर्ग साथै दवाईपानी ग्राम पञ्चायत क्षेत्रको उपप्रधान सुनिता भुटिया आदिको नेतृत्वमा6 माईल सार्वजनिक भवन परिसरमा कीवी खेती माथि कृषकवर्ग साथै युवावर्गहरुलाई लिएर एक दिने नि:शुल्क प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो।जसमा उत्तर बंगाल युनिभर्सिटी-को -फाम बाट को-इञ्चार्ज अमरेन्द्र पाण्डे साथै एग्रो मार्केटिङ एण्ड एक्पोटर मुम्बईबाट सुधिर साह विशेष रुपमा स्थानीय कृषकवर्ग अनि युवाहरुलाई प्रशिक्षण दिइने कार्यक्रममा उपस्थित थिए। कार्यक्रममा कीवी खेती माथि विस्तारपूर्वक द्वय विशेषज्ञहरुले उपस्थित व्यक्तिहरुलाई जानकारी गराए।
कीवी खेती पहाडको जलवायु अनि मौसममा व्यापक रुपमा फस्टिन सक्ने  द्वयले सम्भवना व्यक्त गरे भने ।
कीवी खेती कहिले कुन मौसममा कसरी रोप्नु पर्ने यसको निम्ति माटोको गुणस्तर यी तमाम बिषयहरु माथि जानकारी गराइने कार्य गरियो।
प्रशिक्षण कार्यक्रम पछि दबाई पानी ग्राम पञ्चायत उप प्रधान सुनिता भुटियाले आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भनिन् कि किवि खेतीबारे यहाँको मौसम र माटो उपयोगी रहेता पनि किवि खेती बारे यहाँको कृषकहरुलाई जानकारी थिएन।तर आज यसरी जीटिए-को पहलमा कीवी खेतीबारे यसरी प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्दा धेरै वटा बुनियादी विषयहरु बारे ज्ञान बटुल्न सक्यौ ।
आजको यस प्रशिक्षण कार्यक्रमले अवश्यै पनि यस भेकको किवि खेती बारे उत्साहित बनेका कृषकहरु अनि युवाहरुलाई प्रत्सोहन मिलेको जानकारी गराइन्।
अन्तमा जीटिए प्रमुख जनसम्पर्क अधिकारी एसपी शर्माले पनि विशेष गरेर युवा वर्गलाई किवि खेती तर्फ आकर्षित गराएर यसको खेती गर्न प्रत्सोहन दिलाउने कार्यमा आफुहरुले लागिपरेको बताए‌।
मार्केट-मा कीवी खेती एउटा प्राइम डिमाण्ड बनेको कारणले भविष्यमा पहाडमा केवी खेती असल प्रकारले हुन सके यसले स्थानीयहरुको आर्थिक अवस्थामा बलियो मद्दत पुर्याउन सक्ने दाबी पनि गरे।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ