Opposition to Bengali film

गोरायुमोद्वारा बंगाली फिल्म प्रदर्शन आदेशको विरोध

Share this news

पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा जारी आदेश अनुसार राज्यका सबै सिनेमा हलमा दैनिक प्राइम टाइममा कम्तीमा एउटा बंगाली भाषाको फिल्म प्रदर्शन गर्नुपर्ने निर्णयप्रति गोर्खा राष्ट्रिय युवा मोर्चा (गोरायुमो) ले कडा आपत्ति जनाएको छ। गोरायुमोका केन्द्रीय सदस्य अनमोल निरौलाले जारी विज्ञप्तिमा यस आदेशलाई ‘भाषामाथिको अतिक्रमण’ भन्दै तत्काल खारेज गर्न माग गरेका छन्। उनले गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (GTA) क्षेत्रमा यो कानुन लागू नगर्न पश्चिम बंगाल सरकारलाई जोडदार अपील गर्दै जीटीएका प्रमुख कार्यकारीलाई पनि यस विषयमा पहल गर्न आग्रह गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “भाषा हाम्रो पहिचान र प्राण हो। यदि पश्चिम बंगाल सरकारले जबरजस्ती हाम्रो गोर्खा क्षेत्रमा बंगाली भाषाको यो नियम लागू गर्न खोज्यो भने यसको परिणाम राम्रो हुनेछैन। हाम्रो प्राणको बलिदान दिन तयार छौं, तर हाम्रो भाषा र अस्तित्वलाई बचाएरै छाड्नेछौँ।” निरौलाले जनता भाषाको सुरक्षाका लागि सचेत र एकतावद्ध बन्नुपर्ने आवश्यकता औंल्याउँदै ‘जय गोर्खा भाषा’को नारा दिएका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ