हाम्रो गाउँ, हाम्रो समाधान योजना दार्जीलिङमा आरम्भ 

Share this news

दार्जीलिङ,3 अगस्त(निसं): पश्चिम बंगाल सरकारले जनताको सक्रिय सहभागिता र आवश्यकतालाई मध्यनजर गर्दै इतिहासमै पहिलो पटक व्यापक जनसमावेशी योजना हाम्रो गाउँ, हाम्रो समाधान- सार्वजनिक गरेको छ। राज्यकी  मुख्य मन्त्री ममता ब्यानर्जीको विशेष पहलमा प्रारम्भ गरिएको यस योजनाले राज्यको ग्रामीण तथा नगर क्षेत्रका प्रत्येक नागरिकलाई आफ्नो बुथ तथा क्षेत्रको विकास योजनामा प्रत्यक्ष संलग्न गराउने उद्देश्य राखेको छ।
यसै क्रममा दार्जीलिङ नगरपालिकाले शिविरको आराम घुम बोइज हायर सेकेण्डरी स्कुल-को प्रेक्षगृहबाट गरिएको छ। कार्यक्रममा दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरी ,एसडीओ दार्जीलिङ रिचर्ड लेप्चा कार्यकारी अभियान्त्रीक दार्जीलिङ नगरपालिका दावा भोटिया लगायतको विशेष रूपमा उपस्तिथ थियो भने उपस्थित अधिकारीले स्थानीय जनसाधारणलाई योजनाबारे विस्तार रूपमा जानकारी गराएका थिए।
याद रहोस्, यस योजना अन्तर्गत राज्यभरि 27 हजार  भन्दा अधिक  शिविरहरू सञ्चालन गरिनेछ। लगभग 80 हजार  बुथहरूलाई समेटेर 2-3 बुथ मिलाएर प्रत्येक शिविर निर्माण गरिनेछ। प्रत्येक बुथका लागि 10 लाख रुपियाँको बजेट छुट्याइनेछ। यो रकम कुन क्षेत्रमा कसरी खर्च गर्ने भन्ने पूरा निर्णय स्थानीय जनताको हातमा हुनेछ। यस योजनाले शिक्षा, स्वास्थ्य, सरसफाइ, पानी, सडक, प्रकाश व्यवस्था, रोजगार, महिला सशक्तीकरण लगायत विविध क्षेत्रहरूमा स्थानीय आवश्यकता अनुसार विकास कार्य अघि बढाउनेछ। योजना जनताले बनाउने, जनताले चलाउने, र जनताले निगरानी गर्ने योजना रहेको बताइएको छ । यसका साथमा हाम्रो गाउँ, हाम्रो समाधान योजना भारतको इतिहासमा नै पहिलोपटक यस्तो स्तरमा जननिर्णयको आधारमा विकास निर्माण गर्ने प्रयास रहेको सम्बन्धित अधिकारीहरुको मन्तव्य रहेको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ