सरकारी कर्मचारीलाई राजनीतिक दबाउ दिएनौँ : मुख्यमन्त्री तामाङ

Share this news

सरकारी कर्मचारीहरूलाई स्वतन्त्र परिवेश दिइएको दाबी
६ वर्षमा कुनै पनि सरकारी कर्मचारीलाई राजनीतिक दबाउ दिएनौँ : मुख्यमन्त्री तामाङ

एसकेएम सरकारले बितेको ६ वर्षमा कुनै पनि सरकारी अधिकारी तथा कर्मचारीलाई कुनै प्रकारको राजनीतिक दबाउ नदिएको मुख्यमन्त्री प्रेमसिंह तामाङको भनाइ रहेको छ। स्थानीय मनन केन्द्रमा सिक्किम सरकारको गृह विभागद्वारा आयोजित दुई दिवसीय विकसित सिक्किमदेखि विकसित भारत २०४७ सम्म-कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बयान दिएका हुन्।
हामीले ६ वर्षको कार्यकालमा कुनै पनि सरकारी कर्मचारीलाई राजनीतिक दबाउ दिएनौं, उनले भने। सबै सरकारी कर्मचारीले स्वतन्त्र परिवेशमा काम गर्ने अवसर पाइरहेको मुख्यमन्त्रीको दावी रहेको छ। बितेको ६ वर्षमा सरकारले कहिल्यै पुलिस प्रशासनको पनि दुरुपयोग नगरेको
उनको भनाइ रहेको छ। ६ वर्षमा एसकेएम सरकारले सबैभन्दा बेसी माया सरकारी कर्मचारीहरूलाई गरेको पनि मुख्यमन्त्री तामाङको थप भनाइ रहेको छ। यो ६ वर्षमा हामीले सबैभन्दा अधिक सरकारी कर्मचारीहरूलाई न्याय दिने काम गरेका छौं। सबैभन्दा बेसी
माया सरकारी कर्मचारीहरूलाई गरेका छौं। कसैलाई अन्याय भएको छ भने भन्नुहोस, उनले भने। सरकारले सबै कर्मचारीको समयमा पदोन्नती गरेको उनले बताए।
आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्री तामाङले राज्य सरकारका
विभिन्न विभागबीच समन्वय र सहकार्यमाथि जोर दिएका छन्। सबै विभागलाई टीम वर्क गर्ने उनले अपील गरेका छन्। उल्लेखनीय छ, दुई दिनको सम्मेलन तथा कार्यशालामा जम्मा ४१ वटा विभागलगायत ६ वटा जिल्लाका जिल्लापाल अनि पुलिस अधिक्षकले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरे। यी प्रतिवेदनहरूलाई नै लिएर राज्य सरकारले भिजन डकुमेन्ट २०४७ तयार पार्ने मुख्यमन्त्री तामाङले बताए।
साम्मेलनको समापन समारोमा लगभग दुई घण्टा लामो सम्बोधन राख्ने क्रममा मुख्यमन्त्रीले राज्यमा बड़दो ट्राफिक समस्याको पनि प्रसङ्ग निकाले। बड़दो ट्राफिक समस्याको एउटा कारण सड़क छेउछाउमा लामो समयदेखि राखिएको पुरानो अनि बिग्रेका वाहनहरू रहेको बताउँदै तत्काली ती वाहनहरूलाई हटाउने उनले आदेश दिएका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ