quiz competition

अन्तर प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता सम्पन्न

Share this news

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्राथमिक शिक्षा विभागको विशेष आयोजनामा सुके पोखरी क्षेत्रका प्राथमिक पाठशालाका विद्यार्थीहरुलाई लिएर आज दोस्रो अन्तर प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको छ। दीप प्रज्जवलनबाट आरम्भ गरिएको यस कार्यक्रमको अध्यक्ष १५ नम्बर समष्टिका भारप्राप्त सभासद नोबल बम्जनले गरेका थिए भने प्रमुख एवं विशिष्ट अतिथिहरुमा क्रमैले सभासद एवं जीटीए सभाध्यक्ष अञ्जुल चौहान, भारप्राप सभासद् राजेश चौहान, सभासद् उदय देवान, ज्योतिकुमार राईलगायत अन्यान्यको उपस्थिति रहेको थियो। कार्यक्रममा धजे टी. ई. प्राथमिक पाठशाला, पेम्बुङ डिभिजन प्राथमिक पाठशाला, मझुवा / टिफिन डाँडा प्राथमिक पाठशाला, युवा संघ प्राथमिक पाठशाला, एभनग्रोप प्राथमिक पाठशाला, आर. सी. मिशन निम्न बुनियादी पाठशालाका विद्यालयहरुले अंश ग्रहण गरेका थिए। शिक्षक शरण थुलुङ अनि अलुङ तामाङले संयुक्त रुपमा सञ्चालन गरेको यस कार्यक्रममा भारप्राप्त सभासदहरु क्रमैले उदय देवन, राजेश चौहान, अञ्जुल चौहान, भूपेन्द्र बोम्जन आदिले सम्बोधन गरेका थिए। प्रतियोगितामा धजे चियाबारी प्राथमिक पाठशाला प्रथम, एभनग्रोभ चियाबारी प्राथमिक पाठशाला दोस्त्रो, अनि युवक संघ प्राथमिक पाठशाला तेस्त्रो ओकट्न सक्षम बने। आउदो 14 नोभेम्बर बाल दिवसको अवसरमा गोर्खाल्यान्ड क्षेत्रिय प्रशासनको आयोजनामा सुकुनामा हुने अन्तिम चरणको प्रश्नोत्तरी प्रतियोगितामा पहिलो, दोस्त्रो , तेस्रो अनि चौथो बनेका पाठशालाका विद्यार्थीहरुबाट छनौट चार विद्यार्थीहरु क्रमैले योग्य सुब्बा धजे चियाबारी प्राथमिक पाठशाला, अनुशिया ठकुरी , एभनग्रोभ चियाबारी प्राथमिक पाठशाला, एम°डी° अयन , युवक संघ प्राथमिक पाठशाला, अनि जोशेप जोगी ,टिफिन डाडा प्राथमिक पाठशालाले भाग लिन पाउने घोषित भएको छ। यसबारे जीटीए प्राथमिक पाठशाला शिक्षा विभाग, सुकेपोखरी क्षेत्रीय स्तरीय स्कूल इन्स्पेक्टर लेजिमा ठकुरीले थप जानकारी गराएकी छिन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ