Road construction kalimpong

विभाग मौन रहेपछि बोङबस्तीमा गाउँलेले सड़क मर्मत आफैँ गरे

Share this news

Road construction kalimpong

 

लामो समयदेखि विभागीय लापरवाही र मौनताले थलिएको बोङबस्ती क्षेत्रको सिडफार्मदेखि टारी गाउँसम्मको जीर्ण सड़क आइतबार गाउँले, चालक र ग्राम पञ्चायतको सक्रिय ऐक्यबद्धतामा मर्मत गरिएको छ। प्रधानमन्त्री ग्राम सड़क योजनाअन्तर्गत निर्माण भएको यो सड़क वर्षौंदेखि जिर्ण हुँदै आएको थियो। बारम्बारको गुनासोपछि पनि सम्बन्धित विभागबाट कुनै पहल नआएपछि स्थानवासी आफै मर्मतमा जुट्न बाध्य भए।

करीब ५०–६० जना युवा, स्थानीय चालक तथा बासिन्दाहरूको श्रमदान, आर्थिक र भौतिक सहयोगमा मर्मत कार्य सम्पन्न गरिएको हो। सड़क सुधारसँगै आवागमनमा सहजता आउने आशा गरिएको छ।

स्थानीय बासिन्दा गोपाल राईले विभागको उदासीनताप्रति रोष व्यक्त गर्दै भने, “सड़कको अवस्था यति जोखिमपूर्ण थियो कि दुर्घटनाको डर सधैँ रहन्थ्यो। सवारीसाधनहरू चल्नै सक्ने अवस्थामा थिएनन्। विभागचाहिँ कानमा तेल हालेर बसेजस्तो देखियो, अन्ततः हामी आफै जुट्यौँ।”

सड़क मर्मतमा स्थानीयले कसैले सिमेन्ट, कसैले रड, कसैले गिटी-बालुवा, त कसैले नगद सहयोग गरेका थिए। अधिकांशले श्रमदान मार्फत सक्रिय भूमिका निभाए।

गैरी गाउँ ट्याक्सी वेलफेयर एसोसिएसनका अध्यक्ष अमर प्रधानले सड़क मर्मत हुनुअघि चालकहरू गाडी चलाउनै छोड्ने अवस्थामा पुगेको उल्लेख गरे। “विभागले वास्ता नगरेपछि हामी आफै अघि बढ्नुपर्‍यो,” उनले भने, “यस्तो अवस्था दोहोरिनु हुँदैन। अन्य क्षतिग्रस्त सड़कहरू पनि तुरुन्त मर्मत गरिदिन हामी विभागसँग अपिल गर्छौं।”

सड़क मर्मतको निरीक्षण गर्न ग्राम पञ्चायत प्रधान रेजिना लेप्चा, कालेबुङ–१ पञ्चायत समिति कर्माध्यक्ष रोशन दाहाल, सदस्यहरू कमल राई, नाम्गे मगर, सकिला सुब्बा लगायतको टोली स्थलगत रूपमा उपस्थित थियो। उनीहरूले श्रमदाताहरूलाई प्रशंसा गर्दै सबै सहयोगीप्रति आभार प्रकट गरे।

निरीक्षण क्रममा पञ्चायत टोलीले विभागको निष्क्रियताप्रति गहिरो चिन्ता व्यक्त गर्दै भने, “यदि सरकारी संयन्त्रले समयमा काम नगर्ने हो भने जनता आफै सड़क बनाउने दिन आउनेछ, जुन आज यथार्थमा देखियो।”

यो घटना स्थानीय तहमा जनसहभागिता र सामूहिक प्रयासले परिवर्तन सम्भव छ भन्ने स्पष्ट सन्देश हो। यसले न केवल सरकारी संयन्त्रलाई सजग गराउने छ, तर अन्य ठाउँका समुदायहरूलाई पनि प्रेरित गर्नेछ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ