Roads were closed

महानदी तीनधारे समष्टिको विभिन्न स्थानहरुमा पैह्रोले रोडहरु बन्द

Share this news

लगातार रुपमा परिरहेको पानी झरीले गर्दा तीनधारे महानदी क्षेत्रमा आइतबार जनजीवन प्रभावित बनाएको थियो। राष्ट्रिय राजमार्ग 110 अन्तर्गत तीनधारेको‌ 17 माइल क्षेत्रमा‌ नै रोडभरि पानी जमिएर‌ यातायातमा धेरै असुविधा र रोड बन्द भएको थियो भने केही समयपछि जेसीबी लगाएर सफा गरेर रोड खुलाइएको थियो।‌
त्यसरी नै राष्ट्रिय राजमार्ग 110 को दुई नम्बर बस्ती क्षेत्रमा एउटा ठूलो रुख छलेर बिहान रोड बन्द भएको थियो भने क्षेत्रीय‌ सभासद नवराज छेत्री र अन्यको पहलमा 2 घण्टापछि रोड खोलिएको थियो। तीनधारेको‌ बजारदेखि चुनभट्टी निस्कने ओल्ड मिलिटेरी रोडमा मिठाईडाँडामुनितिर पैह्रो गएपछि रोड बन्द भएको थियो जसमा क्षेत्रीय सभासद नवराज छेत्री र घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापा र टोली पुगेर पोलिथिन लगाउने कार्य गरिएको थियो। उक्त रोड पैह्रोको कारणले बन्द नै रहेको बताइएको छ। त्यसरी नै दुई नम्बर बस्ती क्षेत्रमा धेरै स्थानमा पैह्रो गएको जानकारी प्राप्त भएको छ।‌ यसको साथै राष्ट्रिय राजमार्ग 110 अन्तर्गत सिलिम हिल क्षेत्रमा बनिरहेको रोडमा पनि पैह्रो गएको जानकारी प्राप्त भएको छ। क्रमशः तीनधारेदेखि सिविटार जाने रोडमा पनि पैह्रो गएर रोड वाधित बनेको छ। यसै क्रममा राष्ट्रिय राजमार्ग 110 अन्तर्गत रंगटङ्ग क्षेत्रमा पनि पैह्रो गएर रुख ढलेर रोड बिहान वाधित बने पनि केही समयपछि खोलिएको थियो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ