Rural Tourism Business of Darjeeling Hills

दार्जीलिङ पहाड़को ग्रामीण पर्यटन व्यवसाय

Share this news

कालेबुङ, 30 जून (निसं)ः दार्जीलिङ पहाड़को आर्थिक क्षेत्रमा पयर्टनको ठूलो महत्त्व छ। क्षेत्र अनि देशमा गरिने विकास औ सामाजिक सेवामा खर्चिने राशिको ठूलो अंश पर्यटनको क्षेत्रमा खर्च गरिन्छ। त्यसबाहेक पर्यटनले लाखौँ मानिसहरूलाई रोजगार पनि उपलब्ध गराउँदछ। यसले जनताको जीवन स्तरमा पनि ठूलो प्रभाव पार्दछ।
दार्जीलिङ पहाड़मा धेरै सङ्ख्यामा देशी-विदेशी पर्यटकहरू आउने गर्छन्। अहिलेसम्म दार्जीलिङ पहाड़मा पर्यटनको विकास गर्दा केही उच्च हिमशिखर, धार्मिक वा ऐतिहासिक महत्त्वको स्थानहरू वा प्राकृतिक दृष्टिले महत्त्वपूर्ण स्थानहरूलाई मात्र महत्त्व दिने गरिएको छ। तर पर्यटनको विकासका सन्दर्भमा एउटा अर्को पक्षमाथि पनि ध्यान जानुपर्ने आवश्यकता छ अनि त्यो हो ग्रामीण पर्यटन। यस पक्षलाई विकास गर्ने प्रयत्न गरिए यसले पर्यटनको विकासमा नयाँ आयाम थप्नेछ। अर्को शब्दमा यसले पर्यटनको विकासमा गुणात्मक फड्को हान्नेछ। त्यसबाहेक दार्जीलिङ पहाड़को पछाड़िएका क्षेत्रहरूको विकासमा यसले धेरै सहयोग गर्नेछ साथै जनसाधारणलाई पनि प्रत्यक्ष रूपले लाभ पुर्‍याउनेछ।
सरकारले प्रस्तुत गरेको पर्यटन सम्बन्धी रणनीति र योजनाहरूले प्रायः पर्यटनसित सम्बन्धित परम्परागत पक्षमाथि नै जोड़ दिइएको पाइन्छ। ग्रामीण पर्यटन विकासका लागि भने ठोस योजना बनाइएको पाइँदैन। विश्वमा नै ग्रामीण पर्यटनप्रति मानिसहरूको रुचि बढ्दै गइरहेको छ र यसले महत्त्वपूर्ण स्थान लिँदै गइरहेको छ। तथापि पर्यटनबारे विचार गर्दा साधारणतः ग्रामीण पर्यटनको पक्षतिर कम्ती ध्यान गइरहेको देखिन्छ।
ग्रामीण पर्यटनसिंत सलंग्न राम शर्माले भन्छन्, दार्जीलिङ पहाड़ हिमालयको सुन्दर काखमा सजिएको हुँदा ग्रामीण पर्यटनको भविष्य अत्यन्त उज्ज्वल छ। पहाड़को प्रत्येक गाउँ पर्यटनका केन्द्र बन्न सक्छ। दार्जीलिङ पहाड़ गाउँ गाउँहरू मिलेर बनेको ठाउँ हो। प्रत्येक गाउँको आ-आफ्नै प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक विशेषताहरू छन्। ती सबै पर्यटनका बलियो पक्षहरू हुन्। यी विषयहरूलाई व्यवस्थित गरेर विकास गर्न सकिए क्षेत्रीय पर्यटनको धेरै विकास हुनेछ।
यद्यपि ग्रामीण विकास नभई ग्रामीण पर्यटनको विकास हुन सक्दैन। पर्यटनसित जोड़िएपछि गाउँ-बस्तीमा विकासको व्यापक सम्भावना बढ़ेर जानेछ। त्यसको अर्थ यो पनि हुन्छ कि दार्जीलिङ पहाड़मा ग्रामीण पर्यटनको विकासले गाउँ-बस्तीमा विकास ल्याउनेछ। ग्रामीण पर्यटन विकासले केवल पर्यटनमा नयाँ आयाम थप्ने मात्र होइन तर त्यसमा गुणात्मक फड्को हान्ने काम गर्नेछ। अतः दार्जीलिङ पहाड़कोे समग्र विकासमा पनि नयाँ आयाम थप्नेछ। त्यसैले सरकारले दार्जीलिङ पहाड़को ग्रामीण पर्यटन विकास गरिए दार्जीलिङ पहाड़को सर्वाङ्गीण विकास हुने देखिन्छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ