सभासद छेत्रीद्वारा फ्रण्टलाइन वर्कस-हरुलाई आवस्यक सरसमाग्री प्रदान

Share this news

बिजनबारी, 4 जुलाई(निसं): निरन्तर रूपमा समाज सेवामा लागि परेका पुल-बिजनबारी-गोक समष्टि सभासद भुपेन्द्र छेत्रीले आफ्नो कोषबाट गोक-2 ग्रामका विभिन्न विभागहरुका फ्रण्टलाइन वर्कसहरुलाई आवश्यक सरसमाग्री वितरण गरे। गोक-2 ग्रामको पदेङ सार्वजनिक भवनमा  आयोजित कार्यक्रममा आशाकर्मी, आगनबाडी तथा भीभीडीसी लगायतका कर्मचारीहरुलाई बर्खामासमा चाहिने छाता संगै आशा कर्मीहरुलाई थर्ममिटर लगायतका स्वस्थ्य जाँच समाग्रीहरु वितरण गरे। यसका साथै आवस्यक परेमा सबैलाई थर्ममिटर लगायत सरसमाग्री वितरण गर्ने समेत उनले वचन दिए। आशा युनियन दार्जीलिङ जिल्ला समिति महासचिव ममता राईले संचालन गरिएको कार्यक्रममा सभासद भुपेन्द्र छेत्री साथै गोक-2 ग्राम पञ्चायत प्रधान एण्डुप लेप्चा, उपप्रधान रिञ्छेन लेप्चा लगायत ग्रामभरीका विभिन्न वार्डहरु कार्यरत आशा, आइसीडीएस, भीभीडीसी कर्मीहरुको विशेष रूपमा उपस्थित थियो। उनीहरुको उपस्थितिमा आवस्यक सरसमाग्रीहरु वितरण गरियो। कार्यक्रममा बोल्दै सभासद छेत्रीले समाजलाई स्वस्थ्य बनाउने कर्मीहरु पहिले स्वस्थ्य हुनुपर्छ भन्ने सगै निस्वार्थ रूपमा अत्यन्तै कम अनेरियम-मा काम गरेर ग्रामीण भेगमा सेवा पुर्‍याउने फ्रण्टलाइन वर्कस-हरुलाई सहयोग गर्नुपर्ने सोचको साथ आफुहरुले यो कार्यक्रम गरेको बताए भने समाजप्रति उनीहरूको मुल्यांकन सबैले गर्नुपर्ने बताए। अर्कोतिर यसरी आफुहरुलाई सम्झिएर आवस्यक समाग्री प्रदान गरेकोमा स्वस्थ्य कर्मीहरुको पक्षमा ममता राईले आभार प्रकट गरिन्।



Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ