दार्जीलिङ,25 जुलाई(निसं): बिहिबार गोर्खा दुख निवारक सम्मेलन(गोदुनिस) भवनमा कला सङ्गम मञ्चको आगामी कार्यक्रम साहित्य तरङ्गलाई लिएर प्रेस भेला आयोजन गरिएको थियो।उक्त प्रेस भेलामा अध्यक्ष विशाल सर्घाईँ, मूल सचिव किशन सार्की, सह सचिव योगिता राई,कार्यकारी सदस्य सुमन लामिछाने, सुदेश बान्तवा राई आदिको मुख्य उपस्थिति रहेको थियो। प्रेस भेलामा विशेष गरि कला सङ्गम मञ्चले वर्षेनी आयोजना गर्ने साहित्य तरङ्ग-टिकटमा कविता कार्यक्रम यस वर्ष आगामी 31 अगस्तको दिन स्थानीय गोर्खा दुःख निवारक सम्मेलन भवन दार्जीलिङमा सम्पन्न हुने भएको जानकारी मञ्चले गरेको छ।मञ्चका मूल सचिव किशन सार्कीले यसवर्ष पनि सँधै झैँ कार्यक्रममा कविता, गजल आदि प्रस्तुत हुनेछ।साहित्य तरङ्ग-टिकटमा कविता-कला सङ्गम मञ्चको प्रयास हो, एउटा जमर्को हो। टिकट किनेर साहित्यिक कार्यक्रममा सहभागी बन्ने , दार्जीलिङमा एक नौलो प्रयोजन हो। यस प्रयोजनलाई सुरुवाती दिनदेखि नै सबैले सहयोग, आँट, हौसला प्रदान गरेकोमा कसम परिवार शुभचिन्तकहरूमा सदैव कृतज्ञ र आभारी रहेको छ। आजपर्यान्त पनि यो कार्यक्रम जारी रहनु भनेको अर्थात् यस कार्यक्रमको सातौँ प्रकरण आयोजना हुनु,उनीहरूको माया हो। यसपाली पनि उत्तिकै माया, हौसला, साथ र सहभागिता जनाइदिने ती उदार मनहरूलाई पनि स्वागत जनाएको छ।
यसवर्षको स्रष्टाहरूको नाम साथै टिकट सम्बन्धी चाँडै नै जानकारी गराउने बताउदैँ सम्पूर्ण साहित्यप्रेमी महानुभावहरूमा उक्त कार्यक्रममा उपस्थित भइदिने अनुरोध मञ्चका मूल सचिव किशन सार्कीले गरेका छन्।
Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान
पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग
प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक
केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण
लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक
आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण
गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष
पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण
कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल
मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ