submission of works

चौथो शशीप्रभा पुरस्कारको लागि कृति पठाउने अनुरोध

Share this news

साहित्यकार विजय वान्तवा “कैलाशी”द्वारा हरेक बर्ष प्रदान गरिने चौथो शशीप्रभा स्मृति पुरस्कार २०२५ को निम्ति साहित्य सर्जकहरूप्रति कृतिहरू पठाइदिने आव्हान गरिएको छ। साहित्य सुनौं परिवार, मिरिक र रिपोटर्स क्लब अफ मिरिकको संयुक्त सभा शशी प्रभा स्मृति पुरस्कारदाता साहित्यकार विजय वान्तवा कैलाशीको अध्यक्षतामा साहित्य सुनौं परिवारका मूलसचिव वाइ. एन. ढकालका वासगृहमा बसेको थियो। चर्चा परिचर्चापछि यस वर्ष २०२५ को चौथो शशीप्रभा स्मृति पुरस्कार समारोह साहित्य सुनौं परिवार अनि रिपोटर्स क्लब अफ मिरिकले संयुक्त रूपमा आयोजना गर्ने निर्णय गरियो। यो सभामा साहित्य सुनौं परिवार मिरिकको पक्षबाट संस्थाका मूलसचिव वाइ. एन. ढकाल र सह सचिव अजम प्रधान उपस्थित थिए भने रिपोटर्स क्लब अफ मिरिकको पक्षबाट अध्यक्ष मुस्कान राई “खेसहाङ “अनि सचिव प्रवेश हाङखिम, उपध्याक्ष बिनोद प्रसाईं अनि कोषाध्यक्ष विषण राई उपस्थित थिए। सभामा पुरस्कारको निम्ति अनुवाद साहित्यिक कृति छोडेर २०२३ देखि २०२५ सम्म प्रकाशित भारतीय नेपाली साहित्यकारहरूको विभिन्न विधामा लेखिएका नेपाली कृतिहरू पुरस्कार छनौटको निम्ति ३ प्रति आगामी १० सेप्टेम्बर २०२५सम्म अध्यक्ष/सचिव ,साहित्य सुनौं परिवार मिरिक, स्टेट ब्यांक बिल्डिङ्गको तल्लो तला, कृष्णनगर मिरिक, हुलाक मिरिक ७३४२१४, दार्जीलिङ, पश्चिम बंगालको ठेगानामा पठाउन पर्नेछ।
शशीप्रभा स्मृति पुरस्कारको नगद राशि रूपियाँ पचास हजार (रूपियाँ ५००००) रहेको छ। यसका लागि मिरिकमा एक भव्य साहित्यिक कार्यक्रमबीच पुरस्कार अलङ्करण गरिने साहित्य सुनौं परिवारका सहासचिव अजम प्रधानले जनाएका छन्।

submission of works


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ