Teesta River rises by 6-7 meters

टिस्टा नदीको सतह ६–७ मिटरले उचाइमा

Share this news

टिस्टा बजार क्षेत्रमा बाढीको खतरा बढ्दो

टिस्टा बजार क्षेत्रको टिस्टा नदीको सतह २०२३ को बढी पछि करिब ६–७ मिटरले माथि उठेको पाइएको छ। जल शक्ति मन्त्रालयद्वारा गठन गरिएको एक केन्द्रीय समितिको प्रतिवेदन अनुसार, भारी गाद र सिल्ट थुप्रिएको कारण नदीको सतह बढेको हो, जसले यो क्षेत्रलाई आगामी बाढीको दृष्टिले अझ संवेदनशील बनाएको छ।

टिस्टा बजार महत्त्वपूर्ण व्यापारिक तथा यातायात मार्ग हो, जुन सिक्किम र कालेबुङलाई दार्जीलिङ, खरसाङ आदि क्षेत्रसँग जोड्ने मुख्य नाका हो। यहाँ टिस्टा नदीको दाहिने किनारमा बस्तीहरू छन् भने बाँया किनारमा राष्ट्रिय राजमार्ग १० सञ्चालनमा छ।

समितिको २०२५ को अप्रिल महिनामा प्रकाशित प्रतिवेदन अनुसार, “टिस्ता बजारको डाउनस्ट्रीम क्षेत्रमा नदीको सतह ६–७ मिटरले बढेको छ र नदीको मुख्य प्रवाह दायाँ किनारतिर सरेको छ। यसले देखाउँछ कि माथिल्लो भागबाट आएको गाद यहीँ जम्मा भएको छ, जहाँ उपत्यका फराकिलो हुँदै नदीको ढलान कम हुन्छ।”

Teesta River rises by 6-7 meters

२०२४ को मनसुन, जुन बढीपछि आएको पहिलो वर्षाको सिजन थियो, त्यति नै बेला टिस्टा बजार डुबानमा परेको थियो। बाढीको कारण केही घरहरू जलमग्न बने भने नदी किनार नजिक बसोबास गरिरहेका स्थानीयहरूले आफन्तको घर वा समुदाय भवनमा आश्रय लिनुपर्‍यो। पानीको स्तर बढेसँगै लप्चु–पेशोक मार्ग हुँदै आउने सवारी आवागमन पनि लामो समयसम्म बन्द भएको थियो।

प्रतिवेदन अनुसार, मेल्ली क्षेत्रमा नदीको सतह झन्डै १४ मिटरले माथि उठेको छ। मेल्ली र टिस्टा बजार दुवै क्षेत्रमा गम्भीर गाद थुप्रिने क्रमले तीव्र बाढीको जोखिम बढेको उल्लेख गरिएको छ।

समितिको अध्ययन अनुसार, बढी पछि सिक्किम र पश्चिम बंगालका विभिन्न क्षेत्रहरूमा टिस्टा नदीको स्वरूपमा उल्लेखनीय परिवर्तन आएको छ। उच्च क्षेत्रहरूमा नदीको कटान तीव्र देखिएको छ भने तलतिर गादको भारी थुप्रो परेको छ। यसले नदीको प्रवाहमार्ग परिवर्तन, सतह उचाइमा वृद्धि र बग्ने दिशामा फरक ल्याएको छ।

समितिले सुझाव दिएको छ कि कम जोखिम भएका क्षेत्रमा नदीलाई स्वाभाविक रूपमा स्थिर हुन दिइनु पर्छ भने उच्च जोखिमयुक्त क्षेत्रहरूमा नदी नियन्त्रण कार्य, क्याच्मेन्ट ट्रीटमेन्ट, र बाढी क्षेत्रमा जोनिङ कार्य प्राथमिकतामा राखेर चरणबद्ध व्यवस्थापन गरिनु पर्छ।

एनएच -10 को महत्त्वलाई ध्यानमा राख्दै सरकार तथा सम्बन्धित निकायहरूले उचित कदम नचाले भविष्यमा ठूलो जनधनको क्षति हुन सक्ने विज्ञहरूको चेतावनी छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ