मध्यरातको भयानक हावा-बतासले सिंगतामा रुखले एक घर क्षति 

Share this news

दार्जीलिङ,21 जुलाई(निसं): वर्षाझरीको समय दार्जीलिङ पहाडमा भल-पहिरोको सन्त्रास भइरहेको बेला हिजो मध्यरातदेखी अचानक आएको पानीसंगै हुरी-बतासले दार्जीलिङ पहाडको जनजीवनमा अस्तव्यस्त बनाइदिएको छ।पहाडवासी यसरी असामयिक आएको हुरी-बतासको संकेत राम्रो होइन भनी बताउँछन् । दार्जीलिङ शहरदेखी लगभग 5 किलोमिटर दुरीस्थित सिंगताम चियाबारीको महत धुरामा गत रातीको भयानक हुरी-हुन्डरीले हेम्कुमार देवानको घरलाई रुख डलेर क्षतिग्रस्त बनाएको छ। घाटनाको समय परिवार घरभित्रै रहेको तर रुखले मानवीय नोक्सान नपुगेको राजा देवानले बताए। हिजो मध्यरातदेखि आएको हावा-पनीले दार्जीलिङ पहाडका विभिन्न क्षेत्रहरूमा क्षति पुराएको जानकारी रहेकोछ।
सिंगताम महतधुरामा रूख ढल्दा घर क्षतिग्रस्त, परिवार सुरक्षित रहेको जानकारी छ। थप जानकारी अनुसार, सिंगताम चियाबारी  महतधुरा स्थित हेमकुमार देवानको घरमा आइतबार बिहान लगभग 3 बजी आएको तीब्र हावा र वर्षाका कारण घर नजिककि ठूलो रूख ढल्दा घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। यस घटनामा घरको बाथरूम-देखी अन्य संरचना पूर्ण रूपमा क्षति भएको जानकारी प्राप्त भएको छ। सौभाग्यवश, घरमा बसोबास गर्ने सम्पूर्ण परिवार सकुशल रहेका छन्। दार्जीलिङ सदर-1 समष्टिका अध्यक्ष अमृत योञ्जन तुरुन्तै घटनास्थलमा पुगेर निरीक्षण गरे। घटनाको गम्भीरता बुझी अध्यक्ष योञ्जनले गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख अनित थापालाई जानकारी गराएका थिए। प्रमुख थापाले पीडित परिवारलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिँदै घरको पुनर्निर्माणको प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाएका छन्।स्थानीय प्रशासन र पार्टी प्रतिनिधिहरूको सहकार्यमा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने प्रयास भइरहेको जनाइएको छ।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ