डा. राजेन्द्र भण्डारीलाई कलकत्तामा मातृभाषा सेवाश्री सम्मानले सम्मानित गरिने

Share this news

खरसाङ, 17 जुलाई (निसं): लैनसिंह बाङ्देल साहित्य-कला प्रतिष्ठान कलकत्ताले सधैँ झैं यसवर्ष पनि 33 औँ भाषा मान्यता दिवस भव्य रुपमा पालन गर्ने निधो गरिएको छ। भर्चुअल-पराभाषिक सभामा निर्णय गरिए अनुसार, भारतीय नेपाली साहित्यका प्रतिनिधि कवि, वरिष्ठ साहित्यकार डा. राजेन्द्र भण्डारीले नेपाली भाषा र साहित्यको विकासमा पुऱ्याएको योगदानको कदर गर्दै, उनलाई यसवर्षको मातृभाषा सेवाश्री सम्मानले सम्मानित गरिने भएको छ। त्यसै गरी, प्रतिवर्ष प्रदान गरिने वीर खड्ग बहादुर सह विष्ट समाज सेवा सम्मानले यसवर्ष रंगु सौरियालाई उनको निःस्वार्थ समाज सेवाको निम्ति सम्मानित गरिने छ। बंगला साहित्यका वरिष्ठ आख्यानकार विमल लामालाई उनको नुनको चिया उपन्यासको निम्ति प्रभात साहित्य सम्मानले सम्मानित गरिने छ। यसबाहेक विद्यार्थीहरुमा आफ्नो दायित्व वोध गराउन, एआई (आर्टिफिसियल इन्टिलिजेन) को युगमा मातृभाषा चुनौती र अवसर अनि सरकारी कामकाजमा मातृभाषाको प्रयोग, शीर्षकको निबन्ध प्रतियोगिता आयोजना गरिएको छ। यसमा उच्च विद्यालयका विद्यार्थीहरुले भाग लिन पाउने छन्‌‍। स्मरण रहोस्‌‍, लैनसह बाङ्देल साहित्य-कला प्रतिष्ठान कलकत्ताले स्थापना कालदेखि नै भाषा, साहित्य अनि कलाको क्षेत्रमा कामहरू गर्दै आइरहेको छ। प्रतिष्ठानले स्रष्टाहरुलाई सम्मान संगसंगै पुरस्कृत पनि गर्ने गर्छ, जसमा अहिलेसम्म वरिष्ठ साहित्यकार राजनारायण प्रधान दार्जीलिङ, चित्रकार हेमु राई दार्जीलिङ, कथाकार शमसेर अली कालेबुङ, साहित्यकार झमक घिमिरे धनकुटा नेपाल, मूर्तिकार अमीर सुन्दास बाख्राकोट, जलपाईगढ़ी डुवर्स आदिलाई पुरस्कृत गरिसकिएको छ। मूलसचिव विकास कार्कीद्वारा साञ्चालित अनि प्रतिष्ठानकी सभापति देविका मोक्तानको सभापतित्वमा बसेको भर्चुअल सभामा प्रा. डा. किरण सुब्बा, प्रा. अशेष लिम्बु, सन्तोषचन्द्र दर्नाल, खड्ग गुरुङ, संगीता शेर्पा, निमा निष्कर्ष, संजीव गुरुङ, निकेश लिम्बु, बबिता राई, बेदान्त तामाङ, अरुण राई, अजय थापा आदिको उपस्थिति रहेको थियो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ