भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवसलाई लिएर खरसाङ महकुमा स्तरीय सभा सम्पन्न

Share this news

खरसाङ, (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवसलाई लिएर खरसाङ महकुमा समितिको सभा सम्पन्न भएको छ। आगामी 9 सेप्टेम्बरमा खरसाङ महकुमा अन्तर्गत पर्ने मङ्पूमा पालन हुने भनिएको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चौथौ स्थापना दिवस विषय लिएर खरसाङ महकुमा समितिको अध्यक्ष सुवास प्रधानको अध्यक्षतामा सभा सम्पन्न भएको छ। सभामा सर्वप्रथम खरसाङ महकुमा युवा शक्तिका महासचिव तथा दार्जीलिङ महकुमाका जन सम्पर्क अधिकारी ब्रिगेन मिश्राले मङ्पूमा पालन हुने स्थापना दिवस तैयारी विषय लिएर जानकारी दिएका छन्‌‍। सभामा केन्द्रीय सदस्य राम पोख्रेल, केन्द्रीय समिति सदस्य तथा खरसाङ महकुमा समिति सभापति प्रेमेन्द्र गुरुङ, केन्द्रीय समिति नारी समिति अध्यक्ष अनु प्रधान, खरसाङ महकुमा समितिका मूल सचिव प्रणाम रसाइलीले सभालाई सम्बोधन गरेका थिए। पार्टीप्रतिको योगदानलाई ध्यानमा राखेर खरसाङ टाउन कमिटीका मूल सचिवलाई पदोन्नति गरी खरसाङ महकुमा समितिका सह सचिव पदमा नियुक्त गरियो भने टाउन कमिटीको कार्यवाहक सचिव वीरबल पाख्रीनलाई टाउन कमिटीको पूर्ण जिम्मेवारी सुम्पिन्दै टाउन कमिटीकेो मूल सचिव पदमा नियुक्त गरेर प्रमाण पत्र प्रदान गरिएको छ। यसको साथै क्रमबद्ध रूपमा मैत्र सेन शर्मालाई टाउन कमिटीकेो सांगठनिक सचिव, चाँदनी तामाङलाई महकुमा नारी शक्ति एको सह सचिवको पदमा नियुक्त गरिएको छ। सभाको अन्त्यमा सभाध्यक्ष सुभास प्रधानले आफ्नो सम्भाषण राखेका थिए। सभामा स्थापना दिवस लिएर राखिएको महत्त्वपूर्ण सभामा खरसाङ महकुमा समितिको नेतृत्वगण, प्रतिनीधिगण, सदस्यगण, खरसाङ टाउन कमिटीका नेतृत्वगण, प्रतिनिधिगण उपस्थित रहेका थिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ