जीर्ण अवस्थाको मिनी मार्केटको कारण चार परिवार जोखिममा

Share this news

खरसाङ, (निसं) खरसाङको मोटर स्ट्याण्डमा रहेको पुरानो मिनी मार्केट अथवा अग्रवाल स्टोर जीर्ण अवस्थामा पुगेको छ। काठ अनि टीनद्वारा निर्मित उक्त मिनि मार्केट जीर्ण अवस्थामा पुगेर ढल्ने स्थिति बनेपछि त्यहाँदेखि तल बसिरहेका मानिसहरू चिन्तामा परेका छन्‌‍। यस मिनि मार्केटको काठको खाँबोहरू मक्किएको अवस्थामा रहेको छ भने माथिल्लो तलाको निम्ति लगाइएको काठको पटाइहरू मक्किएर झरेको अवस्थामा रहेको छ। एक तर्फको छानु पनि उप्किएको अवस्थामा रहेको छ अनि पछिल्तिरको भाग भत्किएर काठहरू झरिसकेको अवस्थामा रहेको छ। यो भवन ढलेको खण्डमा भवनदेखि तल रहेका कल्पना गुरुङ, सञ्जय छेत्री अनि अन्य दुई घर-परिवारलाई निकै जोखिम हुने देखिएको छ। स्थानीय सञ्जय छेत्रीले बताए अनुसार यो मिनी मार्केटको अवस्था अनि यो ढलेको खण्डमा हुन सक्ने जोखिमको बारेमा अवगत गराउँदै सुवेदार बस्ती ग्राम सुधार समितिले केही दिन अघि खरसाङ नगरपालिका कार्यालयमा लिखित गुनासो समेत दिइसकेको छ। यो भवनदेखि तल बसिरहेका मानिसहरूले यो भवनको अवस्था यस्तो जीर्ण र जोखिमपूर्ण रहेकोले राति निद्रा नलाग्ने गरेको बताए। भवनको मुनि घर रहेका सञ्जय छेत्रीले भने, यो मिनी मार्केटको धेरै वर्षदेखि बन्द अवस्थामा रहेको छ। बन्द अवस्थामा त्यतिकै छोड़िएको यो भवन वर्तमानमा मक्किएर ढल्ने स्थितिमा पुगेको छ। पूर्ण रुपले काठ अनि टीनले निर्मित यो भवनको खाँबोहरू मक्किएको अवस्थामा रहेको छ। माथिल्लो तलाको निम्ति लगाइएको काठको पटाइहरू पनि मक्किएर झरेपछि खतरा अझ बढ़ेको छ। कुनै पनि समय भवन ढल्न सक्ने स्थिति बनेको छ, भवन ढलेको खण्डमा म लगायत अन्य तीन परिवारलाई जोखिम हुनेछ। भवनको यस्तो अवस्थाको बारेमा अवगत गराउदै यसलाई भत्काइनु पर्छ भनी माग गर्दै हाम्रो ग्राम सुधार समितिका सचिवले खरसाङ नगरपालिका कार्यालयमा लिखित गुनासो पनि बुझाइसकेका छन्‌‍। यो भवनको कारण जोखिममा परेका हामी सम्पूर्ण परिवार भवनलाई भत्काएर हामीलाई सुरक्षा प्रदान गरियोस भनी माग गर्दछौँ भने।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ